नेविसंघ महामन्त्री तिमल्सिनाले गरे स्वास्थ्य तथा खाद्यान्न सामग्री सहयोग

बाह्र्बिसे । नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले स्वास्थ्य सामग्री सहयोग गरेका छन् । त्रिपुरासुन्दरी गाउँपालिका ३ धुस्कुनमा रहेको स्वास्थ चौकीलाई महामन्त्रीले तीन थान पीपीई सेट, १० थान स्यानिटाइजर, एक थान इन्फ्रारे थर्मोमिटर सहयोग गरेका हुन् । स्वास्थ्य सामग्री पाएपछि उपचारमा खटिन थप हौसला मिलेको स्वास्थ चौकीका स्वास्थकर्मीले बताएका छन् ।
महामन्त्री तिमल्सिनाले लकडाउन भएर समस्यामा परेका जिल्लावासीलाई स्वास्थ सामग्री र खाद्यान्न सहयोग गर्न आफू जहिले पनि तयार रहेको प्रतित्रिया दिए । तिमल्सिनाले नेबिसंघ लकडाउनमा परेर समस्यामा परेका सबै विद्यार्थीलाई सहयोग गर्न तत्पर रहेको पनि बताए ।
यसअघि तिमल्सिनाले सिन्धुपाल्चोकबाट राजधानी गएर अध्ययन गरिरहेका तर लकडाउनमा परेर घर जान नपाएका विद्यार्थी, मजदुर र असहायलाई काठमाडौंमै राहत वितरण गरेका थिए । तिमल्सिना र धुस्कुनका काँगे्रस नेता राम कुमार लामाले लकडाउनका कारण घर जान नपाएका विद्यार्थी तथा मजदुरलाई गाडीको प्रबन्ध मिलाइदिएर घर पठाउने काम पनि गरेका थिए ।
लकडाउन कार्यान्वयन गराउन अग्रपंक्तिमा खटिने सूरक्षाकर्मी र पत्रकारलाई पनि तिमल्सिनाको पहलमा केही समयअघि स्वास्थ सामाग्री वितरण गरिएको थियो ।
क्याटेगोरी : समाज
ट्याग : #banner
तपाईको प्रतिक्रिया दिनुहोस