सिन्धुमा ५४७ को आरडीटी र २४ को पीसीआर परीक्षण, सबै नेगेटिभ

चौतारा, १७ वैशाख
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन सिन्धुपाल्चोकमा गरिएको ¥यापिड डायग्नस्टिक टेस्ट (आरडीटी) परीक्षण र पीसीआर परीक्षणमा सबैको नेगेटिभ आएको छ । जिल्लैभर पाँच सय ४७को आरडीटी र २४ जनामा गरिएको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको हो ।
आरडीटी गरिएका सबैमा संक्रमण नपाइएको बरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईँले बताए । ‘अहिलेसम्म संक्रमित भेटिएका छैनन् । सबैको रिपोर्ट नेगेटिभ आएको छ,’ उनले भने
चैत १ देखि विदेशबाट फर्किएकाहरु र राजधानीलगायत विभिन्न स्थानबाट आएकाहरुके परीक्षण गरिएको थियो । चौतारा अस्पताल र स्थानीय तहको स्वास्थ्य शाखामार्फत आरडीटी भइरहेको हो । सम्वन्धित वडाका स्वास्थ्य संस्था पुगेर चिकित्सक र प्राविधि टोलीले नमूना परीक्षण गरिरहेका छन् । बिदेशबाट फर्किएकाले संक्रमण ल्याउने उच्च जोखिम रहेकाले पहिलो चरणमा उनीहरुको परीक्षण थालिएको थियो । स्वास्थ्य कार्यालयकाअनुसार चौतारा साँगाचोकगढी नगरपालिकाका ८१, बाह्रविसेका ४७, मेलम्चीका ६८, इन्द्रावतीका ६६, जुगलका ८२, बलेफीका ४९, लिसंखुपाखरका ६, सुनकोशीका १८, हेलम्बुका २८, त्रिपुरा सुन्दरीका १०, भोटेकोशीका ५२ र पाँचपोखरी थाङपालका २५ जनाको आरडीटी परीक्षण गरिएको थियो । सरकारले चैत १ गतेयता बिदेशबाट आएकाहरुको नमूना परीक्षण गर्ने निर्णय गरेको थियो ।
क्याटेगोरी : समाज
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस