सुनकोशीका वडाध्यक्षले डेरामै पुर्याए राहत

सिन्धुपाल्चोक– सुनकोशी गाउँपालिका–४ यमुनाडाँडाका वडाध्यक्ष देबेन्द्र खड्काले कोरोना भाइरस( कोभिड–१९) का कारण राजधानीमा बसेर समस्यामा परेका वडावासीको डेरामै राहत पु¥याएका छन् । धेरै जना वडावासीलाई गाउँ फर्काए पनि विभिन्न समस्याका कारण काठमाडौंमा बसेकाको खोजी गरेर राहत प्याकेज लिएर उनी डेराडेरामा पुगेका हुन् । अध्यक्ष खड्काले आज राजधानीको नरेफाँट र तीनचुलीमा बसोवास गर्दै आएका तीन परिवारलाई राहत स्वरुप खाद्य सामाग्री उपलब्ध गराएका हुन् । दैनिक काम गरेर खानुपर्ने र बिरामीका परिवारलाई सहयोग गरेको उनले बताए ।
सहयोग पाउनेमा सोनाम तामाङ, लक्ष्मण खड्का र सरस्वती खड्काको परिवार रहेको छ । उनीहरुलाई २५ किलो चामल, दाल, नुन र तेल उपलब्ध गराइएको छ । आगामी साताबाट दिर्घरोगीको स्वास्थ्य परीक्षण र औषधि वितरण शुरु गर्ने उनले बताए । उनले कोभिड–१९ नियन्त्रण र रोकथामका क्रममा वडामा पूर्वसावधानीका सवै उपाय अपनाएको जानकारी दिए ।
छाक टार्न नसक्ने अवस्थामा रहेको वडावासी राजधानी बस्नुपर्ने अवस्था भएमा दाताहरुलाई अनुरोध गरेर पनि सहयोग जुटाउने जानकारी उनले दिए । ‘त्यस्तो भएमा हामीलाईए खबर गर्नुपर्यो,’ उनले भने । तर राहत दिँदा साच्चै काम बन्द भएकै कारण कठिन भएको हो कि होइन हेरिने जानकारी उनले दिए । ‘मागेपछि राहत पाइन्छ भन्ने होइन समस्या जेन्यून हुनुपर्यो,’ उनले भने,‘त्यस्तो हो भने सरकारी रकमको भर नपरी व्यक्तिगत रुपमै भएपनि भोको बस्न नदिने उनले बताए ।
कतिपय बिरामीले नियमित औषधि खाइरहेको अवस्थाम कुनै समस्या भए सुझाव दिने र आवश्यक परेमा केही औषधि पनि निशुल्क उपलब्ध गराउने उनले जानकारी दिए । गाउँमा छनौट भएकाहरुलाई भोलि(बिहीबार) देखि राहत वितरण गरिनेछ । पहिलो चरणमा ४४ जनाको सूची तयार पारिएको छ । ति मध्ये पनि शुरुमै साह्रै अप्ठेरोमा परेकालाई व्यक्तिग रुपमै पहल गरेर राहत वितरण गरिसकिएको छ । वडाले राहतका लागि कुपन प्रणालीको विकास गरेको छ । उनले वडाको स्वास्थ्य चौकीमा हुनुपर्ने सवै औषधि र उपकरण उपलब्ध रहेको बताए । उनले स्वाथ्यकर्मीलाई चौविसैघण्टा चनाखो हुने व्यवस्था मिलाएको बताए ।
क्याटेगोरी : समाज
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस