गृहपृष्ठ ∕ समाज ∕ टोप्काको स्वास्थ्य केन्द्रलाई पीपीई सेट र स्वास्थ्य सामग्री सहयोग टोप्काको स्वास्थ्य केन्द्रलाई पीपीई सेट र स्वास्थ्य सामग्री सहयोग Sindhu Khabar वैशाख १६, २०७७ गते १९:२८ मा प्रकाशित लामोसाँघु, १६ वैशाख । बलेफी गाउँपालिका वडा नम्वर ८ नेपाली काँग्रेसका इकाई सभापति रमेश कुमार श्रेष्ठले व्यक्तिगत रुपमा कोरोना भाइरस (कोभिड १९) प्रतिरोधी पिपिई सेट र स्वास्थ सामाग्री हस्तान्तरण गरेका छन् । बलेफी गाउँपालिका ८ टोप्कामा रहेको आभारभूत स्वास्थ्य सेवा केन्द्रलाई दुई सेट पिपिई सेट, दुई पिस स्यानिटाइजर, हजार वटा सर्जिकल माक्स, ग्लब्स, लगायतको स्वास्थ सामाग्री सभापति श्रेष्ठले हस्तान्तरण गरेका हुन् । स्वास्थ केन्द्रका अहेव मीम बहादुर रावतले स्वास्थ सामाग्री लिदैं उक्त सामाग्री गाउँवासीको स्वास्थ्यमा उपयोग गरिने बताए । `पिपिई सेटको अभावमा बिरामीको उपचार गर्न डर लाग्ने गरेको थियो, अब त ढुक्कले उपचार गरिन्छ` उनले खुशी हुँदै भने । टोप्कामा स्वास्थ सामाग्री वितरण गर्न सभापति श्रेष्ठका साथै लामोसाँघु साकोसका अध्यक्ष एवम काँग्रेस नेता रामकुमार श्रेष्ठ, काँग्रेस जिल्ला सदस्य रबिन बिक, स्थानीय समाजसेवी नारायण कार्की र युथ स्पोर्टस क्लबका उपाध्यक्ष उमेश प्रधान घर घर पुगेका थिए । त्यस्तै श्रेष्ठले लामोसाँघु प्रहरी कार्यालयलाई पनि स्यानिटाइजर र सर्जिकल मास्क प्रदान गरेका छन् । सभापति श्रेष्ठले वडा नम्बर ८ मा स्वास्थ्य सामग्रीको अभावमा रोग संक्रमण हुन नदिने र खाद्यसामग्रीको अभावमा कोही भोको पर्न नपर्ने बताएका छन् । `म रहुन्जेल मैले सकेको सहयोग गर्छु केही परे व्यक्तिगत रुपमा मलाई सम्पर्क गर्न सक्नुहुनेछ` उनले भने । उनी स्थानीय चुनावमा वडा नं ८ मा नेपाली काँग्रेसको तर्फबाट अध्यक्षका उमेदवार थिए । क्याटेगोरी : समाज ट्याग : #banner तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार राष्ट्रपतिले उद्घाटन गरेको जलवायु सम्मेलनको हिसावकिताब माग गर्दै अख्तियारमा उजुरी जिल्ला युवा समितिकाे अध्यक्षमा कुमार नियुक्त दसकअघिदेखिको चौतारा घेर्ने रिङरोड निर्माण अझै अपुरो भब्य भवनमा बाह्रविसे प्रहरी धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ७यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे