बुधबार, असोज १७, २०८०
गृहपृष्ठसमाजकाठमाडौंबाट ल्याइएकाको निगरानीका लागि ‘डोर टु डोर’ अभियान सुरु

काठमाडौंबाट ल्याइएकाको निगरानीका लागि ‘डोर टु डोर’ अभियान सुरु


धुस्कुन । त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ ले शनिबारबाट ‘डोर टु डोर’ घरदैलो अभियान सुरु गरेको छ । काठमाडौंबाट आफ्ना नागरिकको उद्धार गरेपछि उनीहरुको स्वास्थ्य जाँचका लागि ‘डोर टु डोर’ अभियान सुरु गरेको वडा अध्यक्ष शुकदेव रिसालले जानकारी दिए ।

‘काठमाडौंबाट आएका नागरिकको वडाले विशेष निगरानी गरेको छ अध्यक्ष रिसालले भने, केही अनिष्ट नहोस भनेर स्वास्थ्य जाँचलाई विषेश प्राथमिकता दिएका छौं ।’ अध्यक्ष रिसालको नेतृत्वमा स्वास्थ्य संयोजक रामप्रसाद यादव सहितको अन्य तीन टोलीले आज खाजीलुङ, निगाले, पात्ले, जात्राथली लगायत गाउँमा पुगेर ६ सय जनाको स्वास्थ्य परीक्षण गरेको छ ।

वडामा ४५ सयको बसोबास रहेकाले अबको तीन दिनमा सबैको परीक्षण गरिने उनले बताए । वडाले तीनवटा टोली परिचालन गरी स्वास्थ्य परीक्षणको दोस्रो चरणलाई तीव्रता दिएको हो । काठमाडौंबाट मानिसहरुको उद्धार गरेपछि फेरि केही समस्या देखियो कि भनेर दोस्रो चरणको स्वास्थ्य परीक्षण थालेको उनले बताए ।

दोस्रो चरणको स्वास्थ्य परीक्षणबाट दीर्घरोगीहरुको पहिचान गरी तथ्याकं संकलन गर्ने अभियान वडाको छ । तथ्याकं संकलन पछि औषधिको व्यवस्था गर्न सहज हुने र निशुल्क औषधि उपलब्ध गराउन पहल गर्ने उनले जानकारी दिए । वडाले प्रत्येक घरमा सरसफाइबारे जनचेतना जगाउँदै दुई वटा डेटोल साबुन र प्रत्येक व्यक्तिलाई मास्क उपलब्ध गराएको छ ।

जिल्लामा विगत केही दिनमा धेरै मानिसहरु काठमाडौंबाट भित्रिएका छन् । कति पालिकाले स्वास्थ्य परीक्षण गरेर मानिस भित्र्याएका छन् भने कतिपयले केही नगरी भित्र्याएका छन् । वडाले आफ्ना सबै नागरिकको स्वास्थ्य परीक्षण गरेर मात्रै वडा भित्र्याएको अध्यक्ष रिसालले दाबी गरे । वडामा दुई सय जना भित्रिएको उनले जानकारी दिए ।


क्याटेगोरी : समाज
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!