Techie IT
Thursday, October 29,2020 / बिहीबार, कात्तिक १३, २०७७
×
गृहपृष्ठसमाजचौतारा १३ मा पनि क्वारेन्टाइन निर्माण

चौतारा १३ मा पनि क्वारेन्टाइन निर्माण


ठूलोसिरुवारी, १३ चैत ।
चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १३ ठुलोसिरुवारीमा क्वारेन्टाइन निर्माण गरिएको छ । मेलचौरमा सञ्चालनमा रहेको क्वारेन्टाइनमा क्षमता बढी विरामी राख्नुपर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै वडा कार्यालयको पहलमा क्वारेन्टाइन निर्माण गरिएको हो ।
कम्तीमा यो वडामा रहेकाहरुलाई यहीं राख्न सकिने भएकाले क्वारेन्टाइन स्थापना गरिएको वडाअध्यक्ष रामप्रसाद गौतमले जानकारी दिए । मेलचौरमा अन्य स्थानको राख्नलाई सहज गराउन यो क्वारेन्टाइनले सहज गराउने उनको भनाई छ ।
क्वारेन्टाइन निर्माणमा नेकपा वडा ईन्चार्ज एवम् १३ नं. वडा कार्यालय, स्वयंसेवक दस्ताका संयोजक शुक्रराज प्याकुरेल, वडा पार्टी अध्यक्ष रामशरण गहतराज तथा नेकपा वडा कमिटी परिवार र स्थानीय युवाहरूको पहल र सक्रियता थियोे ।


क्याटेगोरी : समाज
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस