गृहपृष्ठ ∕ समाज ∕ सुनकोशी–६ मा सबै नागरिकको स्वास्थ्य परीक्षण सुनकोशी–६ मा सबै नागरिकको स्वास्थ्य परीक्षण Sindhu Khabar वैशाख १३, २०७७ गते १०:४६ मा प्रकाशित थुम्पाखर १३ चैत । सिन्धुपाल्चोकको सुनकोशी गाउँपासलिका वडा नं. ६ थुम्पाखरका सबै नागरिकको स्वास्थ्य परीक्षण भइरहेको छ । विश्वव्यासी रुपमा त्रासमा रहेका नोबेल कोरोनो भाइरस (कोभिड १९) फैलन नदिन वडा कार्यालयले सबै नागरिकको स्वास्थ्य परीक्षण सुरुआत गरेको हो । नेपालमा सरकारले लकडाउन सुरु गरेको तेस्रो दिनमै भाइरसको शंका लागेका व्यक्तिलाई सुरक्षित रुपमा राख्न क्वारेन्टाइन निर्माण गरिएको थुम्पाखरका साविक चार वटा वडाका नागरिकको स्वास्थ्य परीक्षण भइसकेको छ । सुनकोशी ६ का वडाअध्यक्ष रामकुमार थापाका अनुसार साविक थुम्पाखर गाविसको वडा नं. १, २, ६ र ८ मा स्वास्थ्य परीक्षण भइसकेको छ । उनीहरुको २ वटा इन्फारे थर्मल गनमार्फत स्वास्थ्य जाँच गरिएको हो । आज साविक वडा नंं. ३ र ७ मा भइरहेको छ । सबै वडाबासीको तापक्रम नापिने वडा कार्यालयले जनाएको छ । स्वास्थ्य परीक्षणका क्रममा कोही नागरिकमा प्रेसर, सुगरलगायतका रोगहरु फेला परे तत्काल औषधिकोसमेत व्यवस्था गरिएको वडाअध्यक्ष थापाले जानकारी दिए । बैदेशिक रोजगारीका क्रममा विदेशबाट फिरेकाहरु, राजधानीलगायत देशका विभिन्न स्थानबाट आएका र घरमै बसिरहेकाहरुको पनि स्वास्थ्य परीक्षण गरिएको उनले बताए । यो वडामा विदेशबाट फर्कने ६ जना छन् । परीक्षणसँगै विरामीको अभिलेख राखिएको छ । परीक्षण गरिएको विरामीमा पछि कुनै समस्या आइपरे उपचारका लागि सहयोग गरिने उनले बताए । कोरोना भाइरसको त्रास नेपालमा फैलने वित्तिकै वडाभर सचेतना कार्यक्रम सुरु गरिएको थियो । सुरुआतमै ४५ विपन्न घरधुरीलाई राहत वितरण गरेको वडाले छिट्टै ज्यालादारी मजदुरका लागि राहतको व्यवस्था गर्न लागेको छ । क्याटेगोरी : समाज ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार यसरी मनाए माझी समुदायले कोशी पूजा (भिडियो र तस्विरसहित) भोटेकोसीमा सिमल बिसौना गोरेटो तथा प्रतिक्षालयको उद्घाटन राष्ट्रपतिले उद्घाटन गरेको जलवायु सम्मेलनको हिसावकिताब माग गर्दै अख्तियारमा उजुरी जिल्ला युवा समितिकाे अध्यक्षमा कुमार नियुक्त धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ७यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे