बुधबार, असोज १७, २०८०
गृहपृष्ठसमाजजब लकडाउनमै राजधानीबाट धुस्कुन आइपुग्यो बस

जब लकडाउनमै राजधानीबाट धुस्कुन आइपुग्यो बस


धुस्कुन, १० चैत ।
जिल्लाभर कोरोना भाइरस (कोभिड १९) संक्रमण फैलिन नदिन गरिएको लकडाउनको शुन्यतामा छाइरहँदा मंगलबार त्रिपुरासुन्दरी गाउँपालिका वडा ३ धुस्कुनमा भने दिउसोदेखि बेलुकी २ बजेसम्म माहोल अर्कै थियो । पिपईबाट सुरक्षित केही स्वाथ्यकर्मी भित्रिएको यात्रु बसलाई गेटमै ‘डिस–इन्फेक्टन्ट’ छर्दै थिए, भने महिला र पुरुषको लामो लस्कर लाइन बसेर पालैपालो स्वास्थ्य परिक्षण गराउँदै थिए । लकडाउन अवधीभित्र भित्रिएको यात्रुबसबाट ओर्लिएका ५८ जना स्थानीयलाई त्रिपुरासुन्दरी ३ का वडाध्यक्ष शुकदेव रिसाल धमाधम माक्स ,सेनिटाइजर बाड्दै सचेतनामा व्यस्त भेटिए । लकडाउनभित्र पहिलो पटक जिल्ला भित्रिएको यात्रुबसबाट ओर्लिएलगत्तै सबैको स्वास्थ्य परिक्षण सकाएपछि उनले सबैलाई गाउँमा सचेत भएर रहन आग्रह गरे ।
लकडाउनको अवधीभर अत्यावश्यक बिरामी, प्रेस, मेडिकल सामाग्रीजस्ताबाहेक कसैलाई आउजाउ गर्न नदिइएकोबेला कसरी राजधानीबाट सहजै जिल्ला आइपुग्यो यात्रुबस । लकडाउन खुलेको पनि थिएन्, सरकारले केही त्यस्तो निर्णय पनि गरेको थिएन् , यात्रुबस हेर्न सुनकोसी आइपुगेका सबै यही प्रश्न लिएर अन्योल अचम्ममा देखिए । भक्तपुरका सांसद महेश बस्नेत, काभ्रेका सांसद्धय चन्द्र लामा र लक्ष्मण लम्सालदेखि संञ्चारकर्मीको समन्वयमा यात्रुबसबाट सुरक्षित रुपमा गाउँ ल्याएको वडाध्यक्ष रिसालले बताए । ‘बारम्बार स्थानीयको गुनासो र गाली खाइयो,आफुलाई निन्द्रा लागेन्, यसको लागि सबै महानुभवसँग समन्वय गरे, अन्तत यो सफल भयो, उहाँहरुलाई सुरक्षित गाउँ फर्काइयो, मन हलुका भएको छ,’वडाध्यक्ष रिसालले एकै सासमा भने । वडाबाट जनता भित्राउने निर्णय गरेर यही अभियान लिएर वडाभरका स्थानीयलाई स्वास्थ्य परिक्षण सकेर मात्रै गाउ“ ल्याएको उनले सुनाए ।
राजधानीको भक्तपुर, ललितपुरदेखि विभिन्न स्थानबाट त्रिपुरासुन्दरीको घोर्थली, चोकटी, धुस्कुन, पिस्करसम्मका दर्जनौ स्थानीय यात्रुबसबाट घर फर्किएका उनको भनाइ छ । ‘यसमा स्थानीय जागरुक युवा खट्नुभएको छ , जसबाट राजधानीमा बस्नुभएका सबै स्थानीयसग सम्पर्क गरेर तंथ्याक निकाल्छौ, ’उनले भने ।
घर आइन्छजस्तै लागेको थिएन्
गेटमै पिपई लगाएका स्वास्थ्यकर्मीले शरिरको तापक्रम र स्वास्थ्य परिक्षण गरेपछि त्रिपुरासुन्दरी वडा ४ पिस्कर गाउकी ६० वर्षिया सुनमाया थामी खुशी भइन् । कोरोना भाइरस (कोभिड १९)का संक्रमित थपिएलगत्तै सरकारले लकडाउन थप्दै लगेपछि थामीलाई यसरी घर आइपुगिएलाजस्तो लागेकै थिएन् । ‘भगवानलाई नमस्कार छ, मेरो इच्छा पु¥याइदिनु भो, बल्ल आफ्नै भुमी टेकियो,मन ढुक्क भयो , ’सुनकोसी कफेश्वर महादेवको मन्दिरतर्फ हेरेर उनले भनिन् । पिस्करमै पुगेर मर्न भएपनि उनी काठमाण्डौबाट पिस्कर हिड्ेर आउने तरखरमा बाटोमा भेटिएकी थिइन् । धुस्कुन गाउका युवराज भण्डारी आफ्नै थलो टेकिरहदा एकदमै भावुक देखिए । ‘गाउ आएपछि आफ्नै देश फर्किएको अनुभुति भएको छ, हामीलाई यहा ल्याउन मदत गर्नुहुने सबैमा नमन् छ,’उनले भने । गाउभरका परिवारको आश्रयस्थल आफ्नै गाउ आइपुगेपछि जनप्रतिनिधि र स्वास्थ्यकर्मीलाई धन्यवाद दिएर रुदै हिडेको उनले प्रष्ट्याए ।
पिस्कर माख्लो गाउ“का बिजय पौडेलले यात्रुको स्वास्थ्य परिक्षण र राजधानीमै अलपत्र परेकाको गाउ ल्याउन भुमिका खेल्ने जनप्रतिनिधि,सांसद सबैलाई धन्यवाद दिए । लकडाउनपछि भोकभोक अलपत्र पर्ने अवस्थामा पुगिसकेका ५८ स्थानीय उद्धार भएर जिल्ला आइपुग्दा एकदमै भावुक देखिएका थिए ।


क्याटेगोरी : समाज
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!