Techie IT
Saturday, April 17,2021 / शुक्रबार, वैशाख ३, २०७८
×
गृहपृष्ठसमाजदीर्घरोगीलाई घरमै औषधि पुर्‍याउँदै हेलम्बु गाउँपालिका

दीर्घरोगीलाई घरमै औषधि पुर्‍याउँदै हेलम्बु गाउँपालिका


हेलम्बु, ८ चैत ।
तपाइ दीर्घरोगी हुनुहुन्छ ? लकडाउनले नियमित खाने औषधि नपाउने डरले दुखी हुनुहुन्छ ? अब तपाई ढुक्क हुनुहोस् तपाइको औषधि अब तपाइको घरमा नै आइपुग्ने भएको छ ।
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका आफ्नो गापामा रहेका दीर्घरोगीहरुका लागि औषधि लिएर घरघर पुगेको छ ।
औषधिको पोको लिएर गापका अध्यक्ष निमा ग्याल्जेन शेर्पा र स्वास्थ्य प्रमुख ज्ञानेन्द्र सिग्देल गापाका दीर्घरोगी नागरिकका घरघर पुगेका छन् ।
नियमित औषधि खानेलाई औषधि नपाएर थप स्वास्थ्य समस्या नहोस् भनेर गापाले निशुल्क औषधि वितरण गरेको अध्यक्ष शेर्पाले जानकारी दिए ।
गापाभर दुई सय भन्दा बढी मधुमेह, प्रेसर, मुटुरोग र नशासम्बन्धी रोगको नियमित औषधि खाने बिमारी छन् ।
माथिल्लो भेगमा दीर्घरोगीलाई एक महिनाको लागि र तल्लो भेगका दीर्घरोगीका लागि १५ दिनको औषधि व्यवस्थापन गरिएको उनले जानकारी दिए ।
‘लकडाउनको अवधि के कति हुन्छ थाहा छैन् त्यसैले गापामा रहेका दीर्घरोगी नागरिक औषधि नपाएर समस्यामा पर्न नपरोस भनेर हामीले औषधि वितरण गरेका हौ’, उनले भने ।
औषधि घरमा नै पाएपछि स्थानीयमा खुशी थपिएको छ । हेलम्बुकी ६५ वर्षीय टोक्सानी तामाङ आफ्नै घरमा औषधिको पोको लिएर गापाका अध्यक्ष आएपछि दंग छिन् ।
‘औषधि सकिएको थियो, कहाँबाट ल्याउने भन्ने चिन्ताले सताइरहेको थियो गाउँपालिकाका सरहरु आउनुभएछ औषधि लिएर मेरो त सारा तनाव नै सकियो’, उनले भनिन् ।
उनी प्रेसरको नियमित औषधि खाने बिमारी हुन् ।

क्याटेगोरी : समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस