शनिबार, असोज ६, २०८०
गृहपृष्ठसमाजइन्द्रावतीमा विदेशबाट आएका ३३ जनाकै ‘आरडीटी’ रिपोर्ट नेगेटिभ आएपछि खुशीयाली छायो

इन्द्रावतीमा विदेशबाट आएका ३३ जनाकै ‘आरडीटी’ रिपोर्ट नेगेटिभ आएपछि खुशीयाली छायो


इन्द्रावती । इन्द्रावती गाउँपालिकामा कोरोना भाइरसको संक्रमण परीक्षणका लागि विदेशबाट आएका व्यक्तिहरुको र्‍यापिड डाइगोनिष्टिक टेष्ट (आरडीटी) परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

भारतलगायत विदेशबाट गापामा आएका ३३ जनाको आरडीटी परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको इन्द्रावती गापाका अध्यक्ष वंशलाल तामाङले जानकारी दिए ।

आइतबार सम्पन्न परीक्षणमा नौ महिला र २४ पुरुषको रिपोर्ट नेगेटिभ आएको हो । चैत १ गतेदेखि गापामा विदेशबाट आएका व्यक्तिहरुको पहीचान गरी आरडीटी परीक्षण गरिएको हो ।

सरकारले चैत महिनादेखि नेपाल आएको सबैको आरडीटी परीक्षण गर्ने निर्णय गरेको थियो । आरडीटी परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएपछि खुशी लागेको प्रमुख प्रशासकिय अधिकृत श्रीकृष्ण पौडेलले बताए ।

`उहाँहरु सबैलाई स्वास्थ्यकर्मीको निगरानीमा राखिएको थियो लामो बाटो पार गरेर आउनु भएकाले के होला भन्ने त्रास पनि थियो अब त्यो सकिएकोले खुशी लागेको छ`, उनले भने । तर सबैलाई अझै केही समय क्वारेन्टाइनमा नै रहन आग्रह गरेको उनले बताए ।


क्याटेगोरी : समाज
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!