सिन्धुपाल्चोकमा २१६ को आरडीटी परीक्षण, सबै नेगेटिभ

चौतारा, ६ वैशाख
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन सिन्धुपाल्चोकमा बिदेशबाट फर्किएकाहरुलाई गरिएके ¥यापिड डायग्नस्टिक टेस्ट (आरडीटी) परीक्षण सबैको नेगेटिभ आएको छ । जिल्लैभर २१६ जनामा गरिएको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको हो ।
आरडीटी गरिएका सबैमा संक्रमण नपाइएको बरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईँले बताए । ‘अहिलेसम्म संक्रमित भेटिएका छैनन् । सबैको रिपोर्ट नेगेटिभ आएको छ,’ उनले भने । उनकाअनुसार ६ जनाको स्वाब परीक्षणका लागि काठमाण्डौं लगिएको छ । यसअघि ८ जनाको स्वाब परीक्षणमा पठाइएकोमा सबैको नेगेटिभ आएको थियो ।
सातादेखि स्थानीय तहको स्वास्थ्य शाखामार्फत आरडीटी भइरहेको हो । सम्वन्धित वडाका स्वास्थ्य संस्था पुगेर चिकित्सक र प्राविधि टोलीले नमूना परीक्षण गरिरहेका छन् । बिदेशबाट फर्किएकाले संक्रमण ल्याउने उच्च जोखिम रहेकाले पहिलो चरणमा उनीहरुको परीक्षण थालिएको चापागाईँले जानकारी दिए । स्वास्थ्य कार्यालयकाअनुसार चौतारा साँगाचोकगढी नगरपालिकाका ६८, बाह्रविसेका २०, मेलम्चीका ३७, इन्द्रावतीका १९, जुगलका ९, बलेफीका २०, लिसंखुपाखरका ६, सुनकोशीका ९ र हेलम्बुका २८ जनाको आरडीटी परीक्षण गरिएको थियो ।
सरकारले चैत १ गतेयता बिदेशबाट आएकाहरुको नमूना परीक्षण गर्ने निर्णय गरेको थियो । जिल्ला बिपद् व्यवस्थापन समितिमा उपलब्ध स्थानीय तहमार्फत संकलित तथ्यांकअनुसार जिल्लामा सो समयदेखि बिदेशबाट फर्कँनेको संख्या तीन सय ५७ छ । धेरै भारतबाट फर्कँनेहरु छन् । उनीहरुमध्ये अधिकांश लकडाउन सुरु भएपछि फर्किएका हुन् ।
स्थानीय तहबाहेक चौतारा अस्पताल, बाह्रविसे, जलवीरे र मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रबाटसमेत ¥यापिड टेस्ट भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ । राजधानीको सनसिटी अपार्टमेन्टमा बस्ने र त्यहाँको सम्पर्कमा रहेर फर्केका ११ जनालाई क्वारेन्टाइनमा राखिएको छ । पहिचानपछि प्रहरीले उनीहरुलाई प्रहरीको सहयोगमा क्वारेन्टाइनमा पु¥याइएको हो । उनीहरुलाई सुनकोसी र चौताराको क्षेत्रीय क्वारेन्टाइनको निगरानीमा राखिएको छ ।
क्याटेगोरी : समाज
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस