गृहपृष्ठ ∕ समाज ∕ ज्याला मजदुरी गर्ने ११९ परिवारलाई खाद्यान्न ज्याला मजदुरी गर्ने ११९ परिवारलाई खाद्यान्न Sindhu Khabar वैशाख ५, २०७७ गते १०:०५ मा प्रकाशित बराम्ची, ५ चैत । जुगल गाउँपालिका वडा नं. ५ मा रहेका ज्याला मजदुरी गर्नेहरुलाई खाद्यान्न वितरण गरिएको छ । वडामा भएका र मजदुरीका क्रममा बाहिरी जिल्लाबाट आइ लकडाउनमा परेका गरि एक सय १९ परिवारलाई राहत स्वरुप खाद्यान्न वितरण गरिएको हो । वडा स्तरीय विपद व्यवस्थापन समितिले कमाई गरेर खाने परिवारको पहिचान गरि खाद्यान्न वितरण गरेको जनाएको छ । वडाअध्यक्ष सनतकुमार अधिकारीका अनुसार ज्याला मजदुरी गर्ने परिवारलाई दैनिक उपभोग्य सामग्री वितरण गरिएको जानकारी दिए । ‘चामल, दाल, नुन तेल र तरकारीका लागि गेडागुडी दिइएको छ ।’ अध्यक्ष सनतकुमारले सिन्धुखबरसँग भने । हाललाई अति आवश्यक सामग्री दिइएको हो । आवश्यक परेको अवस्थामा पछि फेरि वितरण गरिन सक्ने वडा कार्यालयले जनाएको छ । दिनभर काम गरेर बेलुकी खानाको जोहो गर्ने परिवारलाई यो लकडाउनमा खाद्यान्न संकट पर्न थालेको अवस्थाको सिर्जना हुन थालेपछि खाद्यान्न वितरण गरिएको हो । क्याटेगोरी : समाज ट्याग : #banner तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार यसरी मनाए माझी समुदायले कोशी पूजा (भिडियो र तस्विरसहित) भोटेकोसीमा सिमल बिसौना गोरेटो तथा प्रतिक्षालयको उद्घाटन राष्ट्रपतिले उद्घाटन गरेको जलवायु सम्मेलनको हिसावकिताब माग गर्दै अख्तियारमा उजुरी जिल्ला युवा समितिकाे अध्यक्षमा कुमार नियुक्त धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ७चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे