Techie IT
Tuesday, December 1,2020 / मंगलबार, मंसीर १६, २०७७
×
गृहपृष्ठसमाजहेलम्बुका जनप्रतिनिधि र कर्मचारीलाई गाउँपालिका बाहिर जान रोक

हेलम्बुका जनप्रतिनिधि र कर्मचारीलाई गाउँपालिका बाहिर जान रोक


हेलम्बु । हेलम्बु गाउँपालिकाले आफ्ना जनप्रतिनिधिलाई गाउँपालिका बाहिर जान रोक लगाएको छ । आज बसेको कार्यपालिकाको बैठकले गापाको काम बाहेक कर्मचारी र जनप्रतिनिधिलाई गापा बाहिर जान रोक लगाएको हो ।

सर्वसाधारणलाई गापा बाहिर जान र आउन रोक लगाएका छौं रोगले जनता र जनप्रतिनिधि भन्दैन त्यसैले जनप्रतिनिधि र कर्मचारीलाई पनि बाहिर जान रोक लगाएका हौं गापा अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए ।

त्यसैगरी आजको बैठकले मेलम्ची खानेपानी आयोजनालाई काम बन्द गर्न आग्रह गरेको छ । गापा हुँदै आयोजनाका आवश्यक सामाग्री ढुवानी गर्नुपर्ने हुँदा सर्वसाधारणमा भय र त्रास बढेकाले कार्यपालिकाले काम बन्द गर्न आग्रह गरेको हो ।

गापाले गापाभित्र रहेका दिर्घ रोगीलाई निशुल्क औषधि वितरण गर्ने भएको छ । लकडाउनको अवधिभर गापाभित्रका दीर्घरोगीहरुलाई निशुल्क औषधि वितरण गरिने अध्यक्ष शेर्पाले जानकारी दिए ।

मेलम्ची खानेपानीको गाडी प्रवेशमा रोक
यसैबीच हेलम्बु ४ का स्थानीयले मेलम्ची खानेपानी आयोजनाका गाडीलाई गापा प्रवेशमा रोक लगाएका छन् । उनीहरुले गापाको सीमा वडा नम्बर ४ को तालामाराङबाट खाद्यान्न र औषधि बाहेकका गाडी प्रवेशमा रोक लगाएका हुन् ।

बुधबार जिल्ला प्रशासन कार्यालयले गापामा औषधि र खाद्यवस्तु बाहेकका कुनै पनि गाडी प्रवेश गर्न नदिनु भन्ने परिपत्र बमोजिम आयोजनाको गाडी प्रवेशमा रोक लगाइएको शेर्पाले बताए ।


क्याटेगोरी : समाज
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस