गृहपृष्ठ ∕ समाज ∕ कुबेर पोलिक्लिनिकले निःशुल्क सेवा दिदैं कुबेर पोलिक्लिनिकले निःशुल्क सेवा दिदैं Sindhu Khabar चैत्र ३०, २०७६ गते १७:०६ मा प्रकाशित घुम्थाङ, ३० चैत । कोरोना भाइरसको सन्त्रास भइरहेको बेला बाह्बिसेमा रहेको कुवेर पोलिक्लिनिकले गाउँगाउँमा निशुल्क स्वास्थ सेवा र औषधी बितरण गरेको छ । आइतबार सो क्लिनिकले बाह्बिसे नगरपालिका ७ घुम्थाङको श्यामसाधुमा ४० जना भन्दा बढीको निशुल्क स्वास्थ परीक्षण गरेको छ । घरदैलोमा नै पुगेर स्वास्थ जाँच गरिएको छ । बुद्धबृद्धा, बालबालिका र महिलालाई स्वास्थ परीक्षण गरेर औषधी समेत निशुल्क प्रदान गरेको सो क्लिनिकका स्वास्थकर्मी जीतु प्रधानले जानकारी दिए । कोरोनाका कारण गाउँका नागरिक त्रासमा रहेका छन् , त्यसमाथि पनि लकडाउनका कारण बिरामी भएर गाउँबासी बजारसम्मको स्वास्थसंस्था आउन सकेका छैनन् सोकारण गाउँमा नै पुगेर निशुल्क सेवा दिएको स्वास्थकर्मी प्रधानले बताए । मानवीय सेवाका लागि गाउँमा पुगर स्वास्थ परीक्षण गरिएको उनले जानकारी दिए । सोही क्रममा चार सय मास्क, एक सय डिटल साबुन, सिटामोल, डिकोल लगायतका औषधी बितरण्त गरेको बताइएको छ । रुघाखोकी, ज्वरो र सामान्य स्वास्थ परिक्षण गरिएको सो किल्निकले जनाएको छ । रुघाखोकी र ज्वरो आएर बजार गएर उपचार गर्न नसकिएको अबस्थामा घरमै आएर कुवेर पालिक्लिनिकका स्वास्थकर्मीले उपचार गरिदिएपछि अति खुशी लागेको श्यामसाधुकी सत्यमाया मगरले हर्ष ब्यक्त गरिन् । क्याटेगोरी : समाज ट्याग : #banner तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार दसकअघिदेखिको चौतारा घेर्ने रिङरोड निर्माण अझै अपुरो भब्य भवनमा बाह्रविसे प्रहरी भव्य भयो बाह्रविसेमा २८५७ औं सोनाम ल्होछार (भिडियो) इन्द्रावतीको ज्यामिरेमानेमा मनाइयो ल्होछार धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ७यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे