बुधबार, असोज १७, २०८०
गृहपृष्ठसमाजपूर्वसावधानीमा केन्द्रित बाह्रबिसे नगर

पूर्वसावधानीमा केन्द्रित बाह्रबिसे नगर


बाह्रबिसे, २७ चैत ।
बाह्रबिसे नगरपालकाले कोरोना (कोभिड १९)को संक्रमण रोक्न सर्वसाधारणलाई पूर्वसावधानीका उपाय अपनाउन जोड दिएको छ । नगरपालिकाले औषधि उपचारभन्दा पनि सावधानी अपनाउँदा संक्रमण हुनबाट बच्न सकिने भएकाले यस्तो उपायमा जोड दिइएको हो । यसका लागि नगरका मेयरदेखि वडासदस्यसम्मको सक्रियतामा जोड दिएको छ ।
नगरका मेयर निमफुञ्जो शेर्पाले गाउँ–गाउँमा गएर स्वास्थ्य परीक्षण शुरु गरेको जानकारी दिए । उनले भने, ‘बिरामी हुनै नदिन नगरको अभियान केन्द्रित छ ।’ नगर अन्तर्गतका कर्थली, घोर्थली, मानेश्वारा, घुम्थाङ र बाह्रबिसे बजारको वडाहरुमा घरदैलोमा स्वास्थ्यकर्मी र वडा अध्यक्षसहित प्रमुख, उपप्रमुख टोली परिचालन गरिएको छ ।
बाह्रबिसे बजारको केन्द्रमा हेल्प डेस्क राखेर साबुन पानीले हात धुने र शरीरको तापक्रम परीक्षण गर्ने व्यवस्था मिलाइएको छ । कार्यपालिका सदस्य, वडा अध्यक्ष र वडासदस्यलाई संक्रमण फैलिन नदिन सचेतना अभियानलाई घरघरमा लैजान भनेको उनले बताए । बलेफी र त्रिपुरासुन्दरीदेखि तिब्बतको सीमाको भोटेकोशी गाउँपालिकासँग जोडिएको नगरको वडाभर ‘डिस–इन्फेक्टन्ट’ किटनाशक औषधि छर्किएको छ । मुख्यतः स्थानीय वडाका जनप्रतिनिधिसँग छलफल गरेरै आवश्यकता पहिचान गरेका छौंं,’ उनले भने ।
‘स्वास्थ्य परीक्षणका लागि आफ्नै संयोजकत्वमा घरदैलो अभियान गरिरहेको छु’ उपप्रमुख सुशिला पाख्रिनले भनिन् । नेवार,तामाङ, शेर्पा, बाहुनक्षेत्री, दलितदेखि थामी समुदायका परिवार बसोबास गर्ने बाह्रबिसे नगरवासीको समस्यक कदम अघि बढाउँछौं, उनले भनिन् । मुख्यतः वैदेशिक रोजगारीबाट फर्किएकाहरु अझ बढी सचेत हुन जरुरी रहेको पाख्रिनले बताइन् । हामीले यस्ता व्यक्तिहरुलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्न भनेका जानकारी उनले दिइन् ।

क्वारेन्टाइन र आइशोलेसन वार्ड
नगरपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा ३ र त्यसकै छेउमा १५ सहित १८ बेडको क्वारेन्टाइन तयार गरिएको छ । सुनकोशी गापाको टुकीसंघ, सदाबहार अस्पताल खाडिचौरलगायत नगरपालिका नजिकै ५० बेडको क्वारेन्टाइन तयारी अवस्था रहेकाले आवश्यक पर्दा त्यसको प्रयोग पनि गर्न सकिने पाख्रिनले बताइन् । ‘सबै स्वास्थ्य चौकीमा मास्क, पिपिई, सेनिटाइजरजस्ता स्वास्थ्यका अत्यावश्यक सामाग्री उपलब्ध गराएका छौ, पिपिई अपुग भएको स्वास्थ्य चौकी उपलब्ध छिट्टै उपलब्ध गराउनेछौ,’ उनले भनिन् ।
नगर क्षेत्रका सडक मजदुर र विपन्न परिवारको तंथ्याक संकलन शुरु गरिएको छ । त्यसपछि आवश्यकता र औचित्य हेरर राहत बा“ड्ने उनले बताइन् । बजार क्षेत्रमा मजदुरी गरेर बाँच्नेहरुले राहतको प्राथमिकतामा पर्ने जानकारी नगरले दिएको छ । ‘बजारमा खाद्यान्न अभाव हुने सम्भावनालाई ख्याल गरेका छौं । खाद्यान्न, औषधिजस्ता अतिआवश्यक सामाग्रीको अभाव हुन नदिने प्रयास भइरहेको छ,’ पाख्रिनले भनिन् । ‘फुड सेन्टर’ स्थापना गरेर खाद्यन्न वितरणको योजना बनाइएको प्रशासकिय अधिकृत फणिन्द्र पौडेलले जानकारी दिए । ‘किनबेचका लागि निश्चित मापदण्ड बनाउने तयारी गर्दैछौं,’ उनले भने ।

‘जिम्मेवारीमाथि हस्तक्षेप गरिएको छ’

निमफुञ्जो शेर्पा
मेयर
बाह्रबिसे नगरपालिका
प्रशासनले स्थानीय सरकारलाई बेवास्ता गरेर संक्रमण रोकथामको काममा असहजता सिर्जना गराएको छ । पास वितरण, क्वारेन्टाइन स्थापना र त्यसको कार्यविधिको विषयमा आफू खुशी निर्णय गरिएको छ ।
स्थानीय तहको भौगोलिक अवस्था र क्षमतालाई उहाँहरुले स्थलतत रुपमा हेर्नुपर्छ कि पर्दैन । हामी जनप्रतिनिधिलाई स्थानीय सरकार भनिएपनि व्यवहार त्यस्तो देखिएन । सरकार भन्ने कुरा शब्दमा मात्रै सीमित भएको छ । हरेक कामका लागि जिल्ला केन्द्रित हुनुपरेको छ, यसलाई कसरी व्याख्या गर्ने ? नागरिकले बिरामी र अत्यावश्यक काममा हिँड्न पासको खोजी गर्दै नगरपालिकामा आउँछन् । धेरै बिरामी पासको लागि आउने गरेका छन् । नगरले सिफारिस र फोन गर्दागर्दा बल्ल काम हुन्छ । एउटा काम हुन ६–७ घण्टा लाग्छ ।
कति बिरामी त समयमा अस्पताल नपु¥याउँदा ज्यानै जाने संम्भावना हुन्छ । कतिन्जेल स्थानीय प्रशासनको मुख ताकेर बस्ने ? उनले प्रश्न गरे, ‘प्रत्येक विषयमा जिल्लाकै निर्भर हुनुपर्छ भने हामी जनप्रतिनिधि भएको के अर्थ भयो ?’ ‘एम्बुलेन्सको अभावमा निजी सवारी साधनमा अस्पताल लैजान सक्ने अवस्था सवैको ह“ुदैन । लैजान सक्नेले पनि गाडीको पासका लागि जिल्लामै गुहार्नुपर्छ,’ उनले भने ।


क्याटेगोरी : समाज
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!