गृहपृष्ठ ∕ समाज ∕ व्यक्तिगत सहयोगमा १० बेडको क्वारेन्टाइन व्यक्तिगत सहयोगमा १० बेडको क्वारेन्टाइन Sindhu Khabar चैत्र २७, २०७६ गते १७:०१ मा प्रकाशित चित्र मिजार तौंथली, २७ चैत । कोरोना भाइरस (कोभिड १९) को संक्रमण हुन नदिन अहिले जिल्लामा पनि सरकारी र ब्यक्तिगततर्फ बाट बिभिन्न खाले सहयोग भइरहेको छ । कोरोना भाइरसको त्रास हटाउन र रोकथामको लागि बिभिन्न प्रयास भइरहेका छन् । यस्तै आपातमा त्रिपुरासुन्दरी गाउँपालिका ५ तौथलीका मनकारी युवाले कोरोना संक्रमण हुन नदिन् आफ्नो परिवारको छाक काटेर क्वारेन्टाइन वार्ड निमार्ण गरेका छन् । सो ठेगानाका सामाजिक ब्यक्तित्व यादव श्रेष्ठले तौथलीमा १० बेडको सुबिधायुक्त क्वारेन्टाइन वार्ड बनाएका छन् । २०७२ बैशाख १२ गतेको भूकम्पपछि नेपाली सेनाले तौथलीमा निमार्ण गरिदिएको ट्रस्टमा यादवले स्वास्थ सामाग्री सहित स्वास्थकर्मीको रेखदेख रहने गरि क्वारेन्टाइन वार्ड निमार्ण गरेका छन् । गाउँका कसैलाई कोरोना भाइरसको संक्रमण नहोस् भन्ने हेतुले क्वारेन्टाइन वार्ड निमार्ण गरेको यादवले बताएका छन् । तौथली जस्तो बिकट क्षेत्रमा कसैले पनि वास्ता नगरेपछि आफूले घरखर्च कटाएर क्वारेन्टाइन वार्ड बनाएको श्रेष्ठले जानकारी दिएका छन् । प्रत्येक वार्डमा भिआइपी खाट, सिरकडस्ना, स्वास्थ सामाग्रीको ब्यबस्था गरिएको छ । साबुन पानी, डस्बिन,राखिएको छ भने उचित बिजुली र खानेपानीको प्रबन्ध मिलाइएको छ । सो क्वारेन्टाइनको पूर्व सूचना तथा संचारमन्त्री मोहन बहादुर बस्नेतले केही दिन अघि अवलोकन समेत गरेका थिए । त्रिपुरासुन्दरी गाउँपालिका स्वास्थ शाखा प्रमुख चनद्रनारायण शाहले गाउँलेको स्वास्थमा ध्यान दिनु भएकोमा यादवको प्रशंसा गरेका छन् । तौथलीका वडा अध्यक्ष बिष्णुभक्त श्रेष्ठले यादव श्रेष्ठले गरेको जस्तै कार्य अन्य युवाहरुले पनि गरेमा समाज स्वाच्छ र समृद्ध हुने बताए । क्याटेगोरी : समाज ट्याग : #banner तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चार हप्तापछि मेलम्ची सुरुङमा पानी हाल्न सकिने इन्द्रावतीका कार्यालय सहयोगीले गरे आत्महत्या सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ लिस्तीमाईमा ३५ लाखमा सतलघर निर्माण धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ३यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ४चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ५उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे ६चाइनीज नागरिक कुट्ने बुद्धि पक्राउ ७महिनाकै सर्वोत्कृष्ट प्रदेश प्रहरीमा बाह्रबिसेका इन्स्पेक्टर शाह ८नेकपा फुटको असर सिन्धुका पत्रकारमा पनि, को कता ?