जुगलको प्रवेशद्धारमा हेल्थ डेस्क, बराम्चीमा १० बेडको क्वारेन्टाइन

बराम्ची, २५ चैत ।
नेपाल सरकारले लकडाउनलाई कडाईका साथ थपेसँगै जुगल गाउँपालिका प्रवेशद्धारमा हेल्थ डेस्क राखिएको छ । स्वास्थ्यकर्मीलाई तीन ठाउँमा विभाजन गरि पालिकाको वडा नंं ५ सहित जुगलको प्रवेशद्धारमा हेल्थ डेस्क राखिएको हो ।
हेल्थ डेस्क स्थापनासँगै जुगल गाउँपालिका प्रवेश गर्नेलाई स्वास्थ्य परीक्षण गरिने गाउँपालिका अध्यक्ष होमनारायण रुेष्ठले जानाकारी दिए । जनताको सुरक्षाका लागि प्रवेशद्धारमा स्वास्थ्य परीक्षण राखिएको उनको भनाई छ ।
त्यस्तै गाउँपालिका ५ स्थित पोखरे स्वास्थ्य चौकीमा १० जना क्षमताको क्वारेन्टाइन स्थापना गरिएको जुगल गाउँपालिका ५ का अध्यक्ष सनत अधिकारीले जानकारी दिए । वास्थ्य चौकीको नवर्निमित भवनमा विरामीलाई खाने बस्ने सेवासहित क्वारेन्टाइन स्थापना गरिएको हो ।
विश्वव्यापी रुपमा फैलएको कोरोना भाइरसबाट हुन सक्ने जोखिमलाई न्यूनीकरण गर्नका लागि क्वारेन्टाइन निर्माण गरिएको अधिकारीले बताए । फेज नेपाल र वडा कार्यालयको सहयोगमा नयाँ भवन निर्माण गरिएको थियो ।
क्याटेगोरी : समाज
ट्याग : #banner
तपाईको प्रतिक्रिया दिनुहोस