Techie IT
Tuesday, May 11,2021 / मंगलबार, वैशाख २८, २०७८
×
गृहपृष्ठसमाजकोरोना आशंकामा एक महिला चौताराको आइसोलेसनमा

कोरोना आशंकामा एक महिला चौताराको आइसोलेसनमा


चौतारा, २४ चैत ।

लिसंङखुपाखर गाउँपालिकामा एक जना महिलामा कोरोनासंग मिल्दो जुल्दो लक्षण देखिएको छ । उनी आइतबार सिन्धु सदाबहार अस्पताल खाडीचौरमा पुग्दा उनमा रुघाखोकी, ज्वरो देखिएको सिन्धु सदाबहार अस्पतालले जनाएको छ ।

गाउँपालिकामै स्वास्थ्यसंस्थामा जाँदा पनि रुघा खोकी ज्वरो लगातर एक हप्तासम्म निको नहँुदा आइताबार सिन्धुसदाबहार अस्पताल खाडीचौर पुगेकी थिईन् । उनी गत महिनाको ३० गते ओमानबाट काठमाण्डौ आईपुगे लगतै भोलिपल्ट चैत १ गते लिसङखुपाखर आफनो घर पुगेकी थिईन् । यसकारण ती महिलाई आईसोलेसन वार्डमा राख्न सिन्धु सदाबहार अस्पतालले सुझाव दिएका थिए ।  जिल्ला स्वास्थ्य कार्यलय सिन्धुपाल्चोकका वरीष्ट जनस्वास्थ्य  अधिकूत दुर्गादत्त चापागाईको टोलीले चौतारासम्म ल्याइएको होे । ती महिलालाई अहिले चौतारामा रहेको आईसोलेशन वार्डमा राखिएको छ र श्वाब परीक्षणका लागि सोमबार काठमाण्डौ पठाईने सिन्धुपाल्चोकका वरीष्ट जनस्वास्थ्य  अधिकूत दुर्गादतm चापागाईले बताए । उनको स्वास्थ्य अबस्था भने सामान्य रहेको छ ।


क्याटेगोरी : समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार