शनिबार, असोज ६, २०८०
गृहपृष्ठसमाजधुलिखेलले फिर्ता पठाएको बिरामी धुस्कुन स्वास्थ्य चौकीमा उपचार

धुलिखेलले फिर्ता पठाएको बिरामी धुस्कुन स्वास्थ्य चौकीमा उपचार


धुस्कुन, २३ चैत ।
टाइफाइड भएर एम्बुलेन्सबाट धुलिखेल अस्पताल पुगेका एक बिरामीलाई अस्पतालले फर्काएपछि अहिले धुस्कुन स्वास्थ्य चौकीमा उपचार गराइरहेका छन् । बिरामी भएर धुलिखेल पुगेका त्रिपुरासुन्दरी गाउँपालिका ३ का राजेश पहरीलाई अपतालले गेटबाटै फर्काएको थियो ।
उनलाई अहिले गाउँपालिकाले आवश्यक औषधि उपलब्ध गराइरहेको छ । धुलिखेल अस्पतालले फर्काएपछि स्वास्थ्य चौकीमा उपचार गराइएको वडा अध्यक्ष सुकदेव रिसालले जानकारी दिए । उनलाई विभिन्न व्यक्ति र वडा अध्यक्षले स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् ।
स्वास्थ्यकर्मीले सुरक्षाको चुनौति हुँदा पनि विरामीको उपचार गराइरहेको अध्यक्ष रिसालले बताए । धुस्कुनमा २४ घण्टा नै उपचार सेवा भइरहेको छ । अक्सिजनकोसमेत व्यवस्था गरिएको स्वास्थ्यकर्मीले जनाए । अहिले पहरीको स्वास्थ्यअवस्था सुधारजनक भएको धुस्कुन स्वास्थ्य चौकीका इन्चार्ज रामप्रकाश यादवले जानकारी दिए ।


क्याटेगोरी : समाज
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!