आईतबार, असोज ३१, २०७८
गृहपृष्ठसमाजचौताराका ५ जना क्वारेन्टाइनमा, विदेशबाट आएकालाई क्वारेन्टाइनमा बस्न मेयरको आग्रह

चौताराका ५ जना क्वारेन्टाइनमा, विदेशबाट आएकालाई क्वारेन्टाइनमा बस्न मेयरको आग्रह


चौतारा, २० चैत ।

चौतारा साँगाचोकगढी नपा ७ मेलचौर स्थित क्वारेन्टाइनमा आज भारतको बैंगलोरबाट आएका ५ जनालाई स्वास्थ्य परिक्षण पश्चात् राखिएको छ । नगरपालिकाकाअनुसार पाँचै जना ८ नं वडा इर्खु, चिलाउनेका हुन् । नगपालिकाले  जनाएअअनुसार इर्खुका जीबन तामाङ (बर्ष ३०. बिनोद नेपाली  (बर्ष १९), आर्यन तामाङ (बर्ष १९), जीवन तामाङ (बर्ष १९), निरोज तामाङ (बर्ष २३)का रह्का छन् ।

यसैगरी बिदेशबाट आफ्नो घर आइपुग्नुभएका सबैले इमानदारीपूर्वक नगरपालिकाको सम्पर्कमा आइ बिदेशबाट नेपाल छिरेको १४ दिन सम्म क्वारेन्टाइनमा बस्नुहुन अनुरोध समेत गरेको छ ।

सम्पुर्ण नगरबासी दाजुभाइ तथा दिदिबहिनीहरुको स्वास्थ्य प्रती नगरपालिसा का निकै संबेदनसिल रहेकोले आफ्नो छरछिमेकमा कोहि परदेश बाट आएको पाइएमा तुरुन्त नगरपालिकामा जानकारी गराउनहुन नगर प्रमुख अमान सिं तामाङले अनुरोध गरेका छन् ।

यसै गरि नगरपालीका भित्र रहेका बजार क्षेत्रहरूमा  कोराना भाइरसको बिरुद्ध किट नासक बिशादी समेत छर्ने काम सुरु गरेको छ, यसै क्रममा बुधबारदेखि चौतारा बजार, जल्किने, साँगाचोक, सुकुटे, बन्देउ, बलेफी लगाएतका स्थानीय बजार क्षेत्रहरूमा बिशादी छरेको हो, साथै यसैगरी सबै वडामा पुग्ने योजना रहेको नगरपालिकाले जनाएको छ ।


क्याटेगोरी : समाज
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!