Techie IT
Saturday, January 23,2021 / शनिबार, माघ १०, २०७७
×
गृहपृष्ठसमाजविपद व्यवस्थापन कोषमा शुभप्रभातको ५५ हजार ५सय ५५ र सुरक्षाकर्मीलाई खाजा

विपद व्यवस्थापन कोषमा शुभप्रभातको ५५ हजार ५सय ५५ र सुरक्षाकर्मीलाई खाजा


बाह्रविसे, २० चैत ।
बाह्रबिसे नगरपिालिकास्थित शुभप्रभात बचत तथा ऋण सहकारीले कोरोना संक्रमणको रोकथाम नियन्त्रण कोषमा ५५ हजार ५ सय ५५ सहयोग गरेकोछ । बिहिवार ६३ औ राष्ट्रिय सहकारी दिवसको अवसरमा बाह्रबिसेस्थित कोरोना संक्रमण रोकथाम अभियानको विपद व्यवस्थापन कोषमा रकम हालिएको हो । नगरक्षेत्रको केन्द्रमा कोरोनाबारे सचेतना अभियान व्यापक बनाइरहेको शुभप्रभात सहकारीले संञ्चारकर्मी र स्वाथ्यकर्मीलाई आवश्यक खाजा ,पानीदेखि अन्य सहयोग गरेको शुभप्रभात बचत तथा ऋण सहकारीका अध्यक्ष उद्धवबहादुर तिवारीले जानकारी दिए । ‘यो आपतको समयमा सबै एक भएर लाग्न जरुरी छ, त्यसैको अभियान बनाएर कस्सिरहेका छौ, ’उनले भने । उनले बाह्रबिसे नगरस्थित ग्लोबल आई एम ई बैक लिमिटेडको कोषको खाता न ७८०४०१०००००००५ मा रकम जम्मा गरेको र अन्यलाई पनि सहयोग गर्न आग्रह गरे । उनकानअनुसार अत्यधिक र अस्वाभाविक शारिरीक तापक्रम या ज्वरो पाइएका बाह्रबिसे प्राथामिक स्वास्थ्य केन्द्रका पूर्वअध्यक्ष रहेका तिवारीले नजिकैको प्रास्वाकेमा जानको लागि अनुरोध सचेतना दिने काम भइरहेको छ ।
मोबाइल बैकिङ ,बिल भुक्तानी, रिचार्ज, एकाउन्ट सिस्टमदेखि दर्जनौ सुविधा ‘एप’बाट दिइरहेको सहकारीस“ग चार हजारभन्दा बढी शेयर सदस्य छन् । ३० करोड पुजी रहेको सहकारीको शुभप्रभातले विपन्न बालबालिका र वृद्धवृद्धालाई विभिन्न सहयोग गर्दै आइरहेको छ । ३१ करोडभन्दा बढी कारोबार गरिरहेको सहकारीले कृषि,व्यापार,हायरपर्चेज,पुनर्निर्माणजस्ता क्षेत्रमा कर्जा प्रवाह गरिरहेको छ ।
सुरक्षास“गै सर्तकता
बाह्रबिसे नगर क्षेत्रदेख इलाकाक्षेत्रभर इलाका प्रहरी बाह्रबिसे सुरक्षा सर्तकता चौगुना बनाएको छ । यह“ा आउने प्रत्येकलाई रोकेर साबुन पानीले हात धुनेदेखि शरिरको तापक्रमण परिक्षण अनिवार्य बनाइएको छ । ‘अत्यावश्यक कामबाहेक अन्यलाई लकडाउन अवधीभर नियमअनुसार कडाइ गरेका छौ, सुरक्षासगै स्वास्थ्य सर्तकता अपनाउन प्रहरी टिमबाट खटिरहेका छौ, ’इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले भने । उनले सुरक्षाकर्मी सबैलाई आफ्नो र अरुलाई पनि स्वास्थ्यबारे सचेत रहन अनिवार्यजस्तो बनाइएको उदाहरण दिए । बन्देउदेखि सीमाक्षेत्र तातोपानीसम्म संवेदनशिल सुरक्षा व्यवस्था बलियो बनाइएको उनको भनाइ छ ।


क्याटेगोरी : समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस