विदेशबाट आएकालाई १४ दिन क्वारेन्टाइन राखिने,बजारलाई व्यवस्थित बनाइने

चौतारा, १७ चैत ।
कोरोना भाइरस (कोभिड १९)संक्रमणको फैलिन नदिन गठन गरिएको कमाण्ड पोष्टले विदेशबाट आएकालाई १४ दिन अनिवार्य क्वारेन्टाइनमा राख्न निर्णय गरेको छ । जिल्ला समन्वय समिति र जिल्ला प्रशासन ,प्रहरीदेखि स्थानीय सरकार मिलेर बनाइएको आपतकालिन कमाण्ड पोष्टको बैठकले स्थानीय तहदेखि कोरोना संक्रमणको जोखिमलाई लिएर यी निर्णय गरेको हो । वैदेशिक रोजगारीबाट आएकालाई स्थानीय तहको व्यवस्थापनमा १४ दिनसम्म क्वारेन्टाइनमा राखिनुपर्ने निर्णयमा मुख्य विषय बनाइएको छ । भने, हरेक स्थानीय वडास्तरमा क्वारेन्टाइन कक्ष बनाउदा मापदण्डअनुसार जनशक्ति,अन्य व्यवस्थापन गर्न एकिकृत रुपमा साबिक क्षेत्रियस्तरको बनाउन जिल्ला समन्वय समितिले समन्वय गर्नेछ ।
क्वारेन्टाइनको लागि सामुदायिक भवन र विद्यालय प्रयोग गनुपर्ने निर्णयमा उल्लेख गरिएको छ । आइसोलेशन र क्वारेन्टाइनको अनुमगन र प्रगतीको अवस्थाबारे दैनिक अद्यावधिक गर्ने चैत्र १६ गते गठित उपसमितिले गर्नेछ । आपुर्ती व्यवस्थापनको जिम्मा सबै स्थानीय तहले लिने वडाध्यक्षके संयोजकत्वमा स्थानीय प्रहरीको प्रतिनिधित्व रहनेछ । बिक्री वितरण गर्दा एक मिटरको दुरी कायम गर्ने र गुजारा चलाउन नसक्नेलाई वडास्तरिय समितिले सहयोगस्वरुप न्युतम प्याकेज बनाइने निर्णयमा बताइएको छ । सहयोग प्याकेज बनाउदा ४ जना सदस्य र ४ जनाभन्दा बढी सदस्यीय गरेर २ प्रकारको प्याकेज बनाइनुपर्ने छ ।
क्याटेगोरी : समाज
ट्याग : #banner
तपाईको प्रतिक्रिया दिनुहोस