Techie IT
Tuesday, June 22,2021 / मंगलबार, असार ८, २०७८
×
गृहपृष्ठसमाजइन्द्रावतीमा छर्किन थालियो ‘डिस–इन्फेक्टन्ट’

इन्द्रावतीमा छर्किन थालियो ‘डिस–इन्फेक्टन्ट’


नवलपुर, १७ चैत ।
कोरोना भाइरस (कोभिड १९) संक्रमणको फैलिन नदिन इन्द्रावती गाउँपालिकाले ‘डिस–इन्फेक्टन्ट’ छर्किएर सचेतना अभियानलाई अगाडि बढाएको छ । यहाँको बजारदेखि गाउँको सबै स्थानलाई संक्रमणबाट जोगाउन इन्द्रावतेी गाउँपालिकाले ‘डिस–इन्फेक्टन्ट’ छर्किन थालेको हो ।
वडापिच्छैका स्थानीय र यात्रुको स्वास्थ्य परीक्षण गर्दै इन्द्रावतीले नवलपुरबाट किटनाशक औषधी छर्ने अभियानलाई व्यापक बनाएको हो । जिल्लाको सदरमुकाम चौतारादेखि मेलम्ची, हेलम्बु, पाँचपोखरी थाङपाल गाउँपालिकासम्म जोड्ने इन्द्रावतीको १२ वटै वडामा किटनाशक औषधी छर्किन थालिएको इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले बताए । ‘गाउ“पालिकाक्षेभर कोरोना संक्रमणको सचेतना अभियान व्यापक बनाएका छौ, यसकै पूर्वसावधानीको लागि ‘डिस–इन्फेक्टन्ट’ छर्किरहेका पनि हौ, यसलाई निरन्तरता दिनेछौ,’ उनले भने ।


सिम्पालकाभ्रे, कुन्चोक, नवलपुर हँुदै बाँडेगाउँ, सिपापोखरे, भोटसिपा, भिमटारसम्म स्थलगत रुपमा पुगेर जनप्रतिनिधिबीच छलफल सकेर किटनाशक औषधी छर्किदैछ । वैदेशिक रोजगारीबाट फर्किएका सबैलाई क्वारेन्टाइनमा बस्न अनिवार्य गरिएको उनले जानकारी दिए । त्यसैगरी बाह्रबिसे नगरपालिका र बलेफी गाउँपालिकाले आफ्नो मुख्य बजारक्षेत्रमा ‘डिस–इन्फेक्टन्ट’ छर्किरहेको छ ।
कोरोना संक्रमणबारे सचेत रहन इन्द्रावती गाउ“पालिकाले ‘प्रत्येक घरमा साबुन पानीले हात धुन र सरसफाईमा ध्यान दिने अभियानालाई तीव्रताका साथ लगिरहेको इन्द्रावती गाउँपालिकाकी उपाध्यक्ष मिरा लामा अधिकारीले जानकारी दिइन् । ‘प्रमुखसहित स्वास्थ्यकर्मीसग हामी वडाध्यक्ष, वडासदस्य सबै जनप्रतिनिधि आफै एकजुट भएर कोरोना सचेतना अभियानमा कुदिरहेका छौ, लक्ष्यलाई केन्द्रित गरिरहेका छौ,’उनले भनिन् ।


क्याटेगोरी : समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!