शनिबार, असोज ६, २०८०
गृहपृष्ठसमाजकोरोना भाइरस फैलन नदिन पूर्व तयारी सुरु

कोरोना भाइरस फैलन नदिन पूर्व तयारी सुरु


चौतारा, १८ चैत ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस कोभिड १९ रोगको सक्रमण रोकथामको लागि चौतारा सागाचोकगढी नगरपालिका वडा नम्बर ७ ले पूर्व तयारी थालेको छ । स्थानीय राजनीतिक दल, विभिन्न सस्थाका पदाधिकारी सहितको उपस्थितिमा वडा अध्यक्ष उमाप्रसाद दुलालको अध्यक्षतामा आज स्थानीय समन्वय समिति गठन गरिएसँगै संक्रमण रोकथामको तथा प्रतिकार्यको पूर्व तयारी थालिएको हो ।
दोस्रो चरणमा चौतारा सागाचोकगढी नगरपालिका ७ नम्बर र भदौरे गणेश सामाजिक सस्थाको सयुक्त साझेदारीमा प्रत्येक टोलटोलमा पाचँ पाचँ जनाको समिति गठन गरिएको छ । प्रत्येक व्यतिmलाई मास्क, प्रत्येक घरलाई साबुनका साथै कोरोना भाईरसका जानकारीमुलक पर्चा वितरण गर्ने तयारी भएकोे गरिएको वडाअध्यक्ष उमाप्रसाद दुलालले जानकारी दिए । साथै व्यतिmगत सरसफाई पटक पटक साबुन पानिले हात धुने गाउगाउमा झुन्ड झुन्डका रुपमा बस्न नदिने बाहिर बाट आएका व्यतिmको निगरानी राख्ने र वडा कार्यालयलाई जानकारी गराउने कामको थालनी गरिएको हो ।
समितिलाई जिम्मेवारी दिई सदस्यहरुलाई स्वयमसेवकको रुपमा परिचालन गरिने वडा कार्यालयले जनाएको छ । टोलीमा महिला स्वास्थ्यस्वयमसेविकालाई समावेश गरि पूर्व तयारी थालिएको हो ।


क्याटेगोरी : समाज
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!