Techie IT
Thursday, December 3,2020 / बिहीबार, मंसीर १८, २०७७
×
गृहपृष्ठसमाजछुट्टाछुट्टै दुर्घटनामा २ घाइते, अस्पताल लैजान एम्बुलेन्स भएन

छुट्टाछुट्टै दुर्घटनामा २ घाइते, अस्पताल लैजान एम्बुलेन्स भएन


चौतारा, १६ चैत ।
जिल्लामा आज (आइतबार) भएको छुट्टाछुट्टै दुर्घटनामा २ घाइते भएका छन् । चौतारा सागाचोकगढी नगरपालिका ५ चौतारास्थित कुविण्डे चोक र भोटेकोशी गाउँपालिका ५ मार्मिङमा दुर्घटना भएको हो ।
चौतारामा हरि श्रेष्ठका अन्दाजी २,३ वर्षका छोरा रियानस श्रेष्ठ खेल्ने क्रममा आफ्नै ४ तले पक्कि घरको छत बाट तल रोडमा झरी घाईते भएकाृ जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए । उपचारको लागि जिल्ला अस्पताल चौतारा ल्याएकोमा सामान्य उपचार पश्चात थप उपचारको लागि काठमाडौ तर्फ पठाईएको छ । उनको अबस्था बोल्न नसक्ने छ । उपचारका लागि काठमाण्डौं लैजान एम्बुलेन्स नभएपछि बा ८ च ७८१८ नम्बरको(कालो) र बा ३ च ४६७७ (सेतो)को कार मा लगेको लगिएको प्रहरीले जनाएको छ ।
त्यस्तै भोटेकोशी गाउँपालिका ५ मार्मिङ स्थित रन्दभिरको जंगलमा गाईबस्तुलाई घाँस काट्न जाँदा जंगली जनावर भालुले आक्रमण गर्दा स्थानीय सानु शेर्पा घाइते भएको डिएसपी काफ्लेले जानकारी दिए । भालुको आक्रमणबाट उनको टाउको, दुबै खुट्टा, दाईने कान, शरीरमा चोट लागेको छ । उपचारका लागि बाह्रविसेमा ल्याइपनि सामान्य उपचार पश्चात थप उपचारको लागि धुलिखेल अस्पताल रिफर गरिएको छ ।


क्याटेगोरी : समाज
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस