Techie IT
Saturday, April 17,2021 / शुक्रबार, वैशाख ३, २०७८
×
गृहपृष्ठसमाजव्यक्ति व्यक्तिबाट चन्दा उठाएर क्वारेन्टाइन स्थापना

व्यक्ति व्यक्तिबाट चन्दा उठाएर क्वारेन्टाइन स्थापना


धुस्कुन, १६ चैत ।
त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ३ मा स्थानीयबाट चन्दा उठाएर क्वारेन्टाइन स्थापना गरिएको छ । इच्छा हुने एक व्यक्ति बराबर एक हजार रुपैयाँ संकलन गरेर क्वारेन्टाइन स्थापना गरिएको हो ।
धुस्कुनमा रहेका हरिसिद्धि आधारभूत विद्यालयलाई क्वारेन्टाइनको रुपम प्रयोग गरिन लागिएको छ । ४० जनाको क्षमता रहेको क्वारेन्टाइनमा बिजुली बत्ती, सोलार, खानेपानी, फ्यान, महिला र पुरुषका लागि छुट्टै बाथरुम, टुवाइलेटको व्यवस्था गरिएको वडाअध्यक्ष सुकदेव रिसालले जानकारी दिए । अहिले भने १५ जना क्षताको तयारी भएके छ ।
क्वारेन्टाइनमा अहिले कोही विमारी आइहाले राख्न सकिनेछ । विरामीलाई खाना, बस्न सबै सुविधा दिलाइने रिसालले सिन्धुखबरलाई बताए । क्वारेन्टाइन स्थापनाका लागि कतैबाट सहयोग नआएपछि स्थानीय युवा, समाजसेवी मिलेर आफ्नो गाउँ आफै बनाऔं अभियान मार्फत क्वारेन्टाइन स्थापना गरिएको हो । क्वारेन्टानमा धुस्कुन स्वास्थ्य चौकीका इन्चार्ज रहनेछन् । साथै सो क्वारेन्टाइन स्वास्थ्य चौकी इन्चार्ज र वडाअध्यक्षको संरक्षणमा रहनेछ ।
क्वारेन्टाइन स्थापनाका लागि नेकपा गाउँपालिका कमिटी, इसार्ड सुनकोशी, स्थानीय समाजसेवीको पूर्ण सहयोग रहेको रिसाल बताउँछन् । अस्थायी क्वारेन्टाइन सन्चालनका लागि युवा व्यसायी विदुर नेपालले स्वास्थ्यकर्मी सुरक्षाका लागि ५ सेट पीपीइ गाउन, , ५०० थान मास्क निशुल्क उपलब्ध गराएका थिए । त्यस्तै कल्याणकारी स्वयमसेवक संघ नेपालले ५ सय थान मास्क निशुल्क प्रदान गरेकाृ छ ।
क्वारेन्टाइन स्थापना गरेपनि ज्वरो जाप्ने डिजिटल थर्मोमिटर अझै कतै बाट उपलब्ध हुन सकेको छैन । खरिद गर्न खोज्दा बजारमा नभेटिएको हो । गाउँपालिकाभरमै एम्बुलेन्छ छैन । कोही विमारी ओसारपसार गर्न परेमा निकै समस्या झेल्नुपर्ने उनी बताउँछन् । संक्रमणको आशंकाका कसैलाई ज्वरो नाप्न परे डिजिटल थर्माेमिटर नहुँदा जोखिम बढेको रिसालको गुनासो छ । क्वारेन्टाइनका लागि आवश्यक औषधि गाउँपालिकाले उपलब्ध गराएको उनले जानकारी दिए ।


क्याटेगोरी : समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस