कोरोना उपचारमा संलग्न स्वास्थ्यकर्मीका लागि ४० सेट पिपिई हस्तान्तरण

काठमाण्डौं, १४ चैत ।
सिन्धुपाल्चोकको बलेफी गाउँपालिका माङ्खाका अगुवा भरत पराजुलीले कोरोना भाइरस(कोभिड–१९) का बिरामीको उपचारमा सहयोग पुग्ने ४० सेट व्यक्तिगत सुरक्षा सामाग्री(पिपिई) स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरेका छन् । प्रतिसेट करिव सा“ढे नौ हजार मूल्य पर्ने उक्त सामाग्री मन्त्रालयको आपतकालीन तथा विपद् व्यवस्थापन इकाइलाई आज राजधानीमा हस्तान्तरण गरेका हुन् । इन्ट्रिग्रेटेड ग्रुपका अध्यक्षसमेत रहेका पराजुलीले व्यक्तिगत लगानीमा उपलब्ध गराइएको हरेक पिपिइ सेट ज्वरो जाँच गर्ने र आइसोलेशनमा राखिएका बिरामीको उपचारमा संलग्न चिकित्सक तथा अन्य व्यक्तिलाई उपयोगी हुने छ । हस्तान्तरण गरिएको सेटमा हेलमेट, चस्मा, शरीर ढाक्ने कपडा, जुत्ता, स्यानिटाइजर, ‘एन ९५ माक्स’लगायत विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार ८ प्रकारका सामाग्री छन् ।
पराजुलीले उक्त सामाग्री स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ रोशन पोखरेल र नीति, अनुगमन तथा योजना महाशाखा प्रमुख गुणराज लोहनीको उपस्थितिमा हस्तान्तरण गरे । उपलब्ध सामाग्री कोरोना संक्रमितको उपचारमा संलग्न बिरामीको हेरचाहमा सामाग्री उपयोगी हुने पोखरेलले बताए । उनले भने,‘अहिले पिपिईको आवश्यकता महसुस भइरहेको अवस्थामा व्यक्तिगत लागनीमा सामान प्राप्त हुनु खुीशीको कुरा हो ।’ हाल स्वास्थ्यकर्मीको सुक्षाका लागि यस प्रकारको सामाग्रीको खा“चो महसुस भइरहेको छ । मुलुकलाई संकट परेका बेला व्यक्तिगत रुपमा सानो सहयोग गर्न पाएकोमा आफू गौरवान्वित भएको पराजुलीले बताए । बिरामीको उपचारमा संलग्न चिकित्सको मनोबल बढाउनु पनि आजको आवश्यकता हो, पराजुलीले सिन्धुखबरलाई बताए ।
सेटमा ‘एन–९५ माक्स,’ चस्मा, हेलमेट, शरिरमा लगाउने कपडा, जुत्ता एवं यसको कभर, स्यानिटाइजरलगायत विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार ८ प्रकारका सामाग्री छन् । प्रतिसेट मूल्य करिव ९ हजार ६ सय रहेको छ । उपलब्ध उपकरणस्वाथ्यकर्मीले कोरोना प्रभावित बिरामीको उपचारका लागि आफ्नो व्यक्तिगत सुरक्षा सामाग्रीको अभाव रहेको बताउ“दै आएका छन् ।
क्याटेगोरी : समाज
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस