संक्रमण रोकथामका लागि छर्किइयो डिस्इन्फेकटेन्ट

लामोसाँघु, १४ चैत ।
बिश्वभरि फैलिएको कोरोना भाइरसको त्रास हटाउन लामोसाँघुमा डिस्इन्फेकटेन्ट औषधी छर्किएको छ ।
बलेफी गाउँपालिकाको लामोसाँघु बजार र सुनकोशी गाउँपालिका अन्र्तगत पर्ने लामोसाँघुपारिको बजारमा सो औषधी छर्किएको हो । लामोसाँघुमा रहेको संस्कृति तथा वातावारण संरक्षण मञ्चले उक्त औषधी बजारभरिकका घर, सडक, शसस्त्र क्याम्प, बाटोमा छर्किएको सो मञ्चका अध्यक्ष बिष्णु शाक्यले जानकारी दिए ।
बजारका नीजि आवास, सामुदायिक भवन, पुल, धारा, चौतारी लगायतका स्थानमा सो औषधी हालिएको छ । स्थानीय युवाहरु बिहानदेखि सो औषधी छर्किन ब्यस्ता देखिन्थे । कोरोनाको त्रास हटाउन र संक्रमण नहोस भनेर उक्त औषधी छर्किने कार्य गरेको स्थानीय युवा तथा सिन्धु बिकास बैंक खाडीचौरका प्रबन्धक जीवन श्रेष्ठले बताए ।
क्याटेगोरी : समाज
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस