आईतबार, असोज ३१, २०७८
गृहपृष्ठसमाजइराकबाट फर्केका तीन जना बाह्रविसेको आइसोलेसनमा

इराकबाट फर्केका तीन जना बाह्रविसेको आइसोलेसनमा


बाह्रविसे, १४ फागुन ।
इराकबाट फर्केका बाबु छोरी सहित ३ जनालाई आइसोलेसनमा राखिएको छ । कोरोना भाइरस संक्रमणको आशंकामा जिल्लाको भोटेकोसी गाउँपालिका ४ फुल्पिङकट्टीका बाबु छोरी सहित अर्का एक छिमेकीलाई बाह्रबिसेस्थित प्राथामिक स्वास्थ्य केन्द्रको आइसोलेसनमा राखिएको हो ।
गएको माघ २९ गते नै इराकबाट फर्केकी ती बाबुछोरी र छिमेकी वृद्ध काठमाडौंमा बस्दै आएका थिए । लामो समयदेखि तीनै जनालाई सुक्खा रुघाखोकीको लक्षण देखिएकाले स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य केन्द्रमा आइपुगेको स्वास्थ्यकर्मीले बताएका छन् । उनीहरुको नमुना परीक्षणका लागि सामग्री अझै आएको छैन ।


क्याटेगोरी : समाज
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!