रत्न राज्य मावि पूर्ण आवाशीय विद्यालय बन्दै

बराम्ची, १० चैत ।
चीन सरकारको एक अर्ब बढी लगानीमा बनेको जुगल गाउँपालिकास्थित चनौटेको रत्न राज्य मावि पूर्ण आवाशीय विद्यालय बनने अन्तिम प्रक्रियामा पुगेको छ । अनुगमनका क्रममा विद्यालय आइपुगेका बागमति प्रदेश सामाजिक विकास मन्त्रालय शिक्षा विकास निर्देशनालयका प्रतिनिधि, शिक्षाा विकास तथा समन्वय इकाई प्रमुखसहितको टोलीलाई गाउँपालिकाले सिफारिस पठाएसँगै विद्यालय पूर्ण आवाशीय बन्न लागेको हो ।
यो योजना अनुरुप सामाजिक विकास मन्त्रालय बागमती प्रदेशले आफ्नो प्रदेशभर पाँच वटा आवाशीय विद्यालय छनोट गर्दछ । अनुगमनका क्रममा आइपुगेका टोलीले आवाशीय विद्यालयका लागि सबै मापदण्ड पुगेको जनाएको गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए ।
यो विद्यालयमा आवाशीयका लागि मात्रै ७५ कोठा छ । यी कोठामा ८ जनाका दरले ६ सय ३० विद्यार्थी बस्न सक्छन् । उनीहरुका लागि क्यान्टिन, टिचर गार्ड, कम्प्युटर ल्याबसमेत रहेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सनत अधिकारीले जानकारी दिए । गएको वैशाखमा विद्यालय विकास प्रस्तावना अनुरुप गाउँपालिका अध्यक्ष, विव्यस अध्यक्ष पूर्ण आवाशीय विद्यालयका लागि प्रस्तावना लिएर सामाजिक विकास मन्त्रालय पुगेका थिए । सोही प्रस्तावनाका आधारमा सोमबार टोली अनुगमनका लागि आएको जुुुगल गाउँपालिका वडा न)( ५ का अध्यक्षसमेत रहेका विव्यस अध्यक्ष अधिकारीले जानकारी दिए । उनका अनुसार आउँदो शैक्षिक सत्रबाट विद्यालय पूर्ण आवाशीय हुनेछ ।
बैठकले रत्न राज्य माविले पूर्ण आवासीय विद्यालयका लागि आवश्यक न्युनतम सर्त पुरा गरेकाले आवसीय विद्यालयका लागि प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ । आफ्नो विद्यालयले आवश्यक सर्तहरु पुरा गरेको र प्रदेश सरकारले त्यसको सम्भाव्यता अध्ययन समेत गरिसकेकाले आवासीय विद्यालय बनाउने पक्का जस्तै छ अध्यक्ष अधिकारीले भने । पुर्ण आवसीय विद्यालय बनाउनका लागि प्रदेश सरकारले तीन करोड बजेट दिने अधिकारीले बताए । उक्त बजेट सम्झौता भने विद्यालय पुर्ण आवासीय विद्यालय हुने प्रदेश सरकारको निर्णयपछि मात्रै हुनेछ ।
क्याटेगोरी : समाज
ट्याग : #banner
तपाईको प्रतिक्रिया दिनुहोस