शनिबार, असोज ६, २०८०
गृहपृष्ठसमाजअप्रेसन फोर्स गठन, हरेक दिन कोरोनाको अवस्थाबारे जानकारी दिइने, सबै एम्बुलेन्स तयारी हालतमा

अप्रेसन फोर्स गठन, हरेक दिन कोरोनाको अवस्थाबारे जानकारी दिइने, सबै एम्बुलेन्स तयारी हालतमा


चौतारा, १० चैत ।
विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड १९) रोकथाम, नियन्त्रण र उपचार सम्बन्धमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा अप्रेसन फोर्स गठन गरेको छ ।
जिल्ला विपद व्यवस्थापन समितिले गरिरहेको विपद न्यूनीकरणमा समितिका सबै सदस्य आपतकालीन रुपमा उपलब्ध हुन नसक्ने भन्दै जिल्ला सुरक्षा समितिको बैठकले अप्रेसन फोर्सको गठन गरेको हो ।
हरेक दिन बस्ने अप्रेसन फोर्सको बैठकले हरेक दिन प्रेस विज्ञप्ति जारी गरि जिल्लामा भाइरस अवस्थाबारे जानकारी गर्नेछ । फोर्सले जिल्लाका सबै स्थानीय तह, गाउँ बस्तीबाट सूचना संकलन गर्ने जनाएको छ । संक्रमण फैलिएको छिमेकी जिल्ला भारतबाट जिल्लाका गाउँवस्तीमा मानिसहरु आएकाले गाउँ उच्च जोखिममा रहेको समितिको निष्कर्ष छ ।
आपतकालीन अवस्था भएकाले जिल्लाका सबै स्थानीय तहमा रहेका एम्बुलेन्स तयारी हालतमा राख्ने र जिल्लामा ट्रयाकिङ सिस्टममा रहेका जीपीस जडान तीन वटा मात्र एम्बुलेन्स रहेकामा अब सबै एम्बुलेन्समा जिपीएस जोड्न नेपाल रेडक्रस सोसाइटीलाई अनुरोध गर्ने निर्णय गरिएको संयोजक एवं प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।
संयोजक ढकालले सबै स्थानीय तहमा आइसोलेसन कक्ष र क्वारेन्टाइन राख्न अनुरोध गरिने बताए । सोमबार गठन गरिएको अप्रेसन फोर्स टीममा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला सुरक्षा समितिका सदस्यहरु, जिल्ला समन्वय अधिकारी, सबै पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरुको प्रतिनिधित्व गदै चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, नेपाल पत्रकार महासंस सिन्धुपाल्चोक, गैर सरकारी संस्था महासंघ सिन्धुपाल्चोक, सिन्धुपाल्चोक उद्योग बाणिज्य संघ, चौतारा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सदस्य रहने छन् । फोर्सको सदस्य सचिवमा स्वास्थ्य कार्यायका प्रमुख रहने संयोजक ढकालको भनाई छ ।


क्याटेगोरी : समाज
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!