गृहपृष्ठ ∕ समाज ∕ कोरोना कहर ; सरकारी कार्यालय बन्द, यातायात ठप्प कोरोना कहर ; सरकारी कार्यालय बन्द, यातायात ठप्प Sindhu Khabar चैत्र १०, २०७६ गते १३:०६ मा प्रकाशित चौतारा, १० चैत । कोरोना भाइरस (कोभिड १९)को संक्रमण फैलन नदिन सिन्धुपाल्चोकका सरकारी कार्यालयहरु बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालयले विज्ञप्ति जारी गर्दै अत्यावश्यक काम बाहेक अरु सेवा नदिन निर्देशन दिएको हो । स्थानीय तहसहित जिल्लाका कार्यालयहरु बन्द गर्न लगाइएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । उनका अनुसार कार्यालयबाट सेवा प्रवाह गर्दा भिडभाड हुने भएकै कारण संक्रमण फैलन सक्ने भएकाले यो रोक्नका लागि पूर्व तयारी गरिएको हो । मालपोत कार्यालयले विज्ञप्तिमार्फत आफ्नो कार्यालयको सबै कामहरु बन्द भएको जनाएको छ । त्यस्तै चौतारा साँगाचोकगढी नगरपालिका, इन्द्रावती गाउँपालिका, हेलम्बु गाउँपालिका, सुनकोशी गाउँपालिका, बलेफी गाउँपालिकालगायत सबै स्थानीय तहले अत्यावश्यक काम बाहे अरु सेवा नहुने जनाएका हुन् । स्थानीय तहले स्वास्थ्य शाखा र एम्बुलेन्स सेवा भने हुने जनाएको छ । त्यस्तै सरकारको निर्देशन अनुसार आज (सोमबार)बाट सार्वजनिक यातायात बन्द गरिएको छ । साना सवारी साधन पनि एक जिल्लाबाट अर्काे जिल्लामा प्रवेश दिइएको छैन । यातायात बन्द हुँदा राजधानीबाट सिन्धुपाल्चोकसहित विभिन्न जिल्ला जाने यात्रुहरु विचमै रोकिएका छन् । क्याटेगोरी : समाज ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार यसरी मनाए माझी समुदायले कोशी पूजा (भिडियो र तस्विरसहित) भोटेकोसीमा सिमल बिसौना गोरेटो तथा प्रतिक्षालयको उद्घाटन राष्ट्रपतिले उद्घाटन गरेको जलवायु सम्मेलनको हिसावकिताब माग गर्दै अख्तियारमा उजुरी जिल्ला युवा समितिकाे अध्यक्षमा कुमार नियुक्त धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ७यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे