तौंथलीमा आइसोलेसन वार्ड निर्माण गरिने

तौंथली, ९ चैत ।
त्रिपुरासुन्दरी गाउँपालिकाले कोरोना भाईरस रोकथामको लागि वडा नं. ५ स्थित तौथलिमा आइसोलेसन वार्ड निर्माण गर्ने जनाएको छ ।
विपद् व्यवस्थापन समितिको बैठकले तौथलिको जपसिले खेल मैदानमा सेनाले बनाएको ट्ष्टलाई आइसोलेसन वार्डको रुपमा प्रयोग गर्ने निर्णय गरेको हो । स्थलगत अवलोकन पछि सो स्थान सुरक्षित देखिएकोले तत्कालै वार्ड सञ्चालनमा ल्याईने गाउँपालिका प्रमुख भुपेन्द्र श्रेष्ठले जानकारी दिए ।
त्यस्तै गाउँपालिकाले कोरोना भाईसरको बारेमा आवश्यक जनचेतना बृद्धि गर्न पालिका, वडा कार्यालय मातहतका स्वास्थ्य संस्थाहरुबाट जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, सञ्चार माध्यममा प्रचारप्रसार गर्ने, बाहिर वा विदेशबाट आउने मानिसहरुको पहिचान गरी अभिलेख राख्न लगाउने निर्णय गरेको छ ।
क्याटेगोरी : समाज
ट्याग : #banner
तपाईको प्रतिक्रिया दिनुहोस