बुधबार, चैत्र ५, २०८१
गृहपृष्ठसमाजपूर्व अरनिकोले यात्रुलाई मास्क र स्यानिटाइजर दिने

पूर्व अरनिकोले यात्रुलाई मास्क र स्यानिटाइजर दिने


चौतारा, ८ चैत ।
सिन्धुपाल्चोक–काठमाण्डौं चल्ने पूर्व अरनिको यातायात समितिले यात्रु र चालकलाई मास्क र स्यानिटाइजर उपलब्ध गराउने भएको छ । कोभिड १९ (कोरोना) संक्रमण हुन नदिन यातायात समितिले यात्रुलाई बस चढ्नुअघि अनिवार्य रूपमा हातमा स्यानिटाइजर लगाउनुपर्ने व्यवस्था गरेको हो ।
सरकारले एकै स्थानमा २५ भन्दा बढी मान्छे नबस्नु भन्ने निर्णय गरेपछि समितिले यो निर्णय गरेको जनाएको छ । सार्वजनिक यातायातमा २५ भन्दा बढी यात्रु हुन सक्ने भन्दै समितिले यात्रु र चालकका लागि मास्क र स्यानिटाइजरको व्यवस्था गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए ।
समितिले शनिबार बिहानबाट कोटेश्वर हुँदै पूर्वका १६ जिल्ला जाने यात्रुलाई मास्क र स्यानिटाइजरको व्यवस्था हो ।


क्याटेगोरी : समाज
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!