बिहीबार, असोज १८, २०८०
गृहपृष्ठसमाजदलितसँग बिवाह गरेकै कारण सामाजिक बहिष्कार गराउनेलाई मुद्धा

दलितसँग बिवाह गरेकै कारण सामाजिक बहिष्कार गराउनेलाई मुद्धा


मेलम्ची, ७ चैत ।
मेलम्ची नगरपालिका वडा न. ९ ज्यामिरेमा दलितसग बिहे गरेको भन्दै बुबाको काज किरिया गर्न नदिइ सामाजिक वहिष्कार गर्न लगाउने विरुद्ध जाहेरी दिइएको छ । स्थानीय प्रेम भुजेललाई सामाजिक बहिस्कार गर्न लगाउने रमेश शर्मा कुइकेलको बिरुद्ध ईलाका प्रहरी कार्यालय मेलम्चीमा जाहेरी दर्ता भएको हो ।
प्रेमका बाबु दिर्गबहादुरको २१ फागुनमा मृत्यु भएको थियो । बुबाको मृत्युको खबर पाउन साथ काठमाडौबाट मेलम्चीस्थित दाहसंस्कार स्थल पुगेका भुजेललाई आफ्नै दाजु बेल बहादुर भुजेलले तिमी किरिया बसे रमेश पण्डित आउदिन भन्या छन् भन्दै बुबाको मुख हेर्न समेत नदिएको र आफू काठमाडौ फर्किएको पीडित भुजेलले बताए ।
‘घरमा आफू नभएको थाहा पाए पछि आरोपी पण्डित घरमा आएर पण्डित्याइ गर्ने गरेका रहेछन्,’ पीडित भुजेल भन्छन्, ‘मैले दलित समुदायको केटि सग बिवाह गरेकै कारण मेरो बुबाको मृत्यु हुदा आफ्नो धर्म सस्कार अनुसार दाहसस्कार र काज किरिया गर्न रोक लगाउनु मानवता बिरोधि क्रियाकलाप भएकोले न्यायको निमित्त जाहेरी दिएको हुँ ।’
जातिय विभेदको उजुरी दर्ता गर्नमा धेरै नै कठिनाइ भएको र जाहेरी दर्ता भए संगै न्यायको लागि ढोका खुलेता पनि घटनालाई राजनीतिक करण गरि मुद्दालाई कमजोर बनाउन चलखेल हुन सक्ने भन्दै सबै अभियान्ता चनाखो रहन अपिल गर्दै , न्याय नपाए सम्म निरन्तर पीडीत परिवारलाई साथ दिने दलित एकता सञ्जाल नेपालका सिन्धुपाल्चोक अध्यक्ष एवं दलित संजाल केन्द्रिय सचीव सुनिल मिजारले बताए ।
जातीय तथा अन्य छुवाछूत तथा भेदभाव( कसुर र सजाय )ऐन २)६८ मा निजि तथा सार्वजनिक स्थलमा जातिय विभेद गरेमा तिन महिना देखि तिन वर्ष सम्म कैद र पचास हजार देखि दुई लाख सम्म जरिवाना तथा ऐन बमोजिम कसुर गरेको ठहरेमा अदालतले कसुरदारबाट पिडितलाई दुईलाख सम्म क्षतिपुर्ति भराईदिन सक्ने कानुनी प्राबधान रहेको छ ।


क्याटेगोरी : समाज
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!