गृहपृष्ठ ∕ समाज ∕ सात स्थानमा स्वास्थ्यकर्मीसहित आइसोलेसन वार्ड सात स्थानमा स्वास्थ्यकर्मीसहित आइसोलेसन वार्ड Sindhu Khabar चैत्र ७, २०७६ गते १४:५४ मा प्रकाशित चौतारा, ७ चैत । कोभिट–१९ अर्थात् कारोना भाइरसको उच्च सतर्कता अपनाउँदै सिन्धुपाल्चोकका सात स्थानमा आइसोलेसन वार्ड स्थापना गरिने भएको छ । वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईँले जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र बाह्रविसे, जलवीरे र मेलम्चीसहित अन्य तीन स्थानमा आइसोलेसन वार्ड सञ्चालनमा ल्याउन लागिएको बताए । ‘बाह्रविसेमा एक शय्याको आइसोलेसन वार्ड सञ्चालनमा ल्याइ सकिएको भन्दै उनले अन्य स्थानमा केही दिनभित्रै सञ्चालनमा ल्याउने जानकारी दिए । विपद् व्यवस्थापन समिति, स्थानीय तह, गैरसरकारी संस्था लगायत सरोकारवाला निकायसँगको बहुपक्षीय र संयुक्त बैठकको छलफलपछि स्वास्थ्य कार्यालय आइसोलेसन वार्डको तयारीमा जुटेको हो । चौतारा साँगाचोकगढी नगरपालिकाको मेलचौर, त्रिपुरासुन्दरी गाउँपालिकाको तौथली र पाँचपोखरी थाङपाल गाउँपालिकाको तिपेनीमा बढी क्षमताका आइसोलेसन वार्ड सञ्चालनमा ल्याउने तयारी छ । चापागाईँका अनुसार यास्तो वार्डमा अत्यावश्यक औषधि, उपकरण र स्वास्थ्यकर्मीको व्यवस्था गरिने छ । क्याटेगोरी : समाज ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सहर बन्दै सिन्धुपाल्चोकका गाउँ, जिल्लाभर २९ एकीकृत नमुना बस्ती मेलम्चीकी थापा सेनामा प्रतिविद्राेह तथा जंगल युद्धकलाकाे तालिम गर्ने पहिलाे… युएईमा थुम्पाखरका सुदिपकाे मृत्यु चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ३यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ४उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे ५चाइनीज नागरिक कुट्ने बुद्धि पक्राउ ६महिनाकै सर्वोत्कृष्ट प्रदेश प्रहरीमा बाह्रबिसेका इन्स्पेक्टर शाह ७फेरि बन्द हुने भयाे ताताेपानी नाका ८दुवै पक्षका नेकपा सिन्धुकाे पदबाट हटाउने-राख्ने हाेड,केपी पक्षकाे संयाेजकमा देउजा