गृहपृष्ठ ∕ समाज ∕ एसइइका सबै परीक्षा केन्द्रमा कोरोनाबारे हेल्प डेस्क एसइइका सबै परीक्षा केन्द्रमा कोरोनाबारे हेल्प डेस्क Sindhu Khabar चैत्र ५, २०७६ गते १७:५७ मा प्रकाशित चौतारा, ५ चैत । भोलि (विहीबार)बाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइइ)का सबै परीक्षा केन्द्रमा कोरोना संक्रमण हुन नदिन हेल्प डेस्क राखिने भएको छ । सिन्धुपाल्चोकका २३ वटै परीक्षा केन्द्रमा हेल्प डेस्कका साथै आइसुलेसन कक्षको व्यवस्था गरिएको हो । समान्य ज्वरो, रुघाखोकी लागेका विद्यार्थी परीक्षा दिन आएको खण्डमा छुट्टै व्यवस्था गराउनका लागि आइसुलेसन कक्ष सञ्चालनमा ल्याइने जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख कृष्ण सुवेदीले जानकारी दिए । अहिले परीक्षा केन्द्र तोकिएको विद्यालय भौतिक रुपमा सक्षम भएकाले आइसुलेसन कक्षका लागि समस्या नपर्ने उनको भनाई छ । चार हजार एक सय चार जनाले सहभागिता जनाउने परीक्षाको सबै तयारी सकिएको हो । परीक्षार्थी मध्ये १ हजार ८ सय ३४ छात्र र २ हजार २ सय ६७ छात्र छन् । सम्बन्धीत परीक्षा केन्द्रका प्रधानाध्यापकलाई नै केन्द्राध्यक्षको जिम्मेवारी दिएको शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ । यो वर्ष सामुदायिक र संस्थागत गरी १ सय ४९ विद्यालयका विद्यार्थीहरु एसईईमा सहभागी हुँदैछन् । प्राविधिकतर्फ१ सय ३२ परीक्षार्थीहरु सहभागी हुदैछन् । प्राविधिकतर्फका लागि चौतारा स्थित कृष्णरत्न गंगा माविमा परीक्षा केन्द्र निर्धारण गरिएको छ । त्यस्तै ग्रेड वृद्धि परीक्षामा पनि १६ जना परीक्षार्थीहरु सहभागी हुँदैछन् । क्याटेगोरी : समाज तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार राष्ट्रपतिले उद्घाटन गरेको जलवायु सम्मेलनको हिसावकिताब माग गर्दै अख्तियारमा उजुरी जिल्ला युवा समितिकाे अध्यक्षमा कुमार नियुक्त दसकअघिदेखिको चौतारा घेर्ने रिङरोड निर्माण अझै अपुरो भब्य भवनमा बाह्रविसे प्रहरी धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ७यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे