प्रविधिको क्षेत्रमा अघि बढ्दै स्थानीय तह

चौतारा, ५ चैत ।
सिन्धुपाल्चोक जिल्लाको विभिन्न पालिकाहरुले अवलम्बन गरेका प्राविधिक संयन्त्रहरु सम्बन्धी कार्यशाला सम्पन्न भएको छ । सेसी नेपालको सहयोगमा टुकी संघ सुनकोशीे मार्फत सुशासन परियोजनाको सहयोगमा विभिन्न पालिका प्रमुख, उप प्रमुख तथा पालिकाका पदाधिकारीको उपस्थितिमा कार्यशाला सम्पन्न भएको हो ।
जिल्लाको वाह्रविसे नगरपालिका तथा सुनकोशी गाउँपालिकाले अवलम्बन गरेका सामाजिक जवाफदेहिताका औजार तथा संयन्त्र सँगै विभिन्न पालिकाले प्रयोग गरिरहेका प्राविधिक संयन्त्रहरु र नागरिक स्तरमा उपयोगिता सम्बन्धी सिकाई आदान प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको कार्यशालामा सरोकारवाला निकाय तथा सबै पालिकाका प्रतिनिधिहरुले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।
कार्यशालामा आफ्नो धारणा व्यक्त गर्दै गाउँपालिका महासंघका अध्यक्ष एवं जुगल गाउँपालिका अध्यक्ष होम नारायण श्रेष्ठ भन्नुहुन्छ, सरकारी काम कारवाहीलाई जनमुखी बनाई नागरिक सहभागिता अभिवृद्धि गराउने प्राविधिक संयन्त्रहरुको अभाव रहेको अवस्थामा सुशासन परियोजनाले विकास गरेका औजारहरुको विषयमा छलफल गर्ने मौका मिल्यो ।
नागरिकहरुको गुनासो सम्बोधन गर्न गुनासो व्यवस्थान प्रणाली, मुद्धा मामिला व्यवस्थापन गर्न न्यायिक व्यवस्थापन प्रणाली र वडास्तरको काम कारवाही छिटो छरितो, सहज बनाउन ई सिफाईस प्रणाली अवलम्बन गर्न पालिका उत्सुक रहेको बताउनु भयो । सुशासन कार्यक्रम सञ्चालित दुई पालिकाहरु, वाह्रविसे नगर तथा सुनकोशी गाउँपालिकामा मात्र नभएर, जिल्लाभर स्थानीय साझेदारी अपनाएर यस औजारहरुको लागु गर्न र देशै भरका पालिकाहरुले यस प्रविधिको प्रयोग गर्न गाउँपालिका महासंघको तर्फबाट पनि पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
वाह्रविसे नगर उपप्रमुख सुशीला पाख्रिन भन्नुहुन्छ, प्रविधिको विकासले पालिकाको नियमित कामकारवाही सञ्चलान गर्न सहज भएको छ । पालिकासँग सम्बन्धित जानकारी, सूचनाहरु डिजिटाईज गरी नागरिकहरुका लागि खुल्ला गरिएको छ । सूचनाको हक प्रत्याभूत गर्दै नागरिकहरु सूचनाको पहूँचमा रही नगरबाट जारी गर्ने सूचनाहरु सूचना केन्द्रबाट प्राप्त गरी लाभ उठाईरहेका छन् । जसले गर्दा जनप्रतिनिधिहरुलाई जवाफदेही बन्न मद्धत पुगेको छ ।
त्यसै गरी पालिकामा आउने विवाद मुद्धाहरुलाई व्यवस्थापन गर्न न्यायिक व्यवस्थापन प्रणाली सार्थक सिद्ध भएको छ । प्रविधिको विकास भए सँगै स्थानीय सरकारसँग नागरिक संलग्न हुनपर्ने प्रशस्तै मार्गहरु खुलेका छन् । पालिकाहरुले गर्ने सम्पूर्ण नीति, नियम तथा निर्णयहरु, बजेटका कुराहरु, पालिका भित्रका सम्पूर्ण आकर्षण केन्द्रहरु, नागरिक वडापत्र लगायतका अन्य आवश्यक कुराहरु समावेश भएको र यो प्रविधि घरमै बसी बसी हेर्न मिल्ने उहाँको भनाई छ ।
मेलम्ची नगरपालिकाका सूचना प्रविधि अधिकृत अर्पणा श्रेष्ठ भन्नुहुन्छ, सुशासन परियोजनाले विकास गरेका प्राविधिक संयन्त्रहरुको जानकारी प्राप्त गरेपछि, नमुना मै भए पनि ती संयन्त्रहरु सञ्चालनमा ल्याईसकेका छौँ । नागरिकको सूचनामा पहुँच अभिवृद्धिका लागि स्थापना गरिएका नगर सूचना केन्द्रहरुको प्रभावकारी सञ्चालनको लागि सुशासन परियोजनासँग समन्वय गर्नु आवश्यक रहेको छ ।
कार्यशालामा अन्य पालिकाका प्रतिनिधिहरुले आ आफ्नो धारणा सार्वजनिक गरी आफ्नो स्थानीय तहमा यो प्रविधि लागु गर्ने प्रतिविद्धता जनाएका छन् । ईन्टरनेट नभएको ठाउँमा अफलाईन प्रविधिले सहजता ल्याउने र सम्पूर्ण जानकारी थाहा पाउन सक्ने बताएका छन् । अहिले सबै कुराहरु प्रविधिबाटै हुने भएका कारण यसको आवश्यक रहेको र सकारात्मक कुराको सिको गर्न अनिवार्य रहेको उहाँहरुको भनाई रहेको थियो ।
सुशासनको लागि प्राविधिक साझेदार संस्था योङ्ग ईन्नोभेसेनबाट सरोज विष्टज्यूले प्राविधिक संयन्त्रको वस्तुगत स्थिति लगायत सो औजारको उपलब्धि र उपादेयताको विषयमा स्थानीय तहका पदाधिकारीहरु समक्ष छलफल गर्नुभयो । सुशासनका प्रवद्र्धन र जवाफदेहिता अभिवृद्धिका लागि विकास भएका प्राविधिक संयन्त्रहरुको समयानुकुल अद्यावधिक र परिमार्जन भई पालिकाका गतिविधिलाई पारदर्शी बनाउन र अन्य स्थानीय तहले अवलम्बन गरेका संयन्त्रमा आफ्नो सिकाई आदान प्रदान गर्नुभयो ।
कार्यक्रममा लिसंखुपाखर गा.पा, भोटेकोशी गा.पा., त्रिपुरासुन्दरी गा.पा, चौतारासाँगाचोकगढी न.पा, बलेफी गा.पाका पदाधिकारीहरुले उक्त संयन्त्रहरु मथि छलफल गरी आफ्नो धारणा व्यक्त गरेका थिए ।
सुशासन परियेजनाका लागि राष्ट्रिय साझेदार संस्था फ्रिडम फोरमले सैद्धान्तिक पक्षमा र योङ्ग ईन्नोभेसनले प्राविधिक संयन्त्रहरु विकासमा साझेदारी गर्दै आएको छ । सुशासन परियोजना ग्लोबल अफेयर्स क्यानडाको आर्थिक सहयोग, सेसी नेपालको साझेदारीमा टुकी संघ सुनकोशी मार्फत् वाह्रविसे नगरपालिका र सुनकोशी गाउँपालिकामा जवाफदेही अभिवृद्धिका लागि सञ्चालन भईरहेको छ ।
क्याटेगोरी : समाज
ट्याग : #banner
तपाईको प्रतिक्रिया दिनुहोस