क्यान्सरपीडित रितुलाई जुगल बोर्डिङको सहयोग

चौतारा, ४ चैत ।
चौतारा सागाचोकगढि नगरपालिका ५ स्थित जुगल बोर्डिङ हाई स्कुलले आज ब्लड क्यान्सरबाट पीडित चौतारा साँगाचोकगढी नगरपालिका–८, इर्खुकी रितु तामाङलाई सहयोग गरेको छ । जुगल बोर्डिङ हाई स्कुलका प्रधानाध्यापक ओमप्रकाश उप्रेतिले नगद ३० हजार १ सय १५ रुपैया रितु तामाङका पिता मन्ते तामाङलाई हस्तान्तरण गरेका हुन् ।
विद्यालयमा अध्यनरत बिधार्थीबाट ७ सात हजार ९ नौ सय १५ पन्ध्र रुपैया, शिक्षक कर्माचारीबाट १४ हजार २ सय, जुगल स्काउट ग्रुपबाट ३ हजार र स्कुलको तर्फबाट ५ हजार जम्मा गरी तामाङलाई हस्तान्तरण गरिएको जुगल बोर्डिङका प्रधानाध्यापक उपे्रतीले बताए ।
तामाङले रितुको उपचारको लागि अझैं रकम अपुग भएका कारण सहयोगको आग्रह समेत गरे । पीडित तामाङको अहिले ललितपूरको पाटन अस्पतालमा उपचार भईरहेको छ । सानै उमेरमा ब्लड क्यान्सरको पीडित बन्न पुगेकी तामाङलाई बचाउन परिवारले अपिल गरेको छ । उपचार गर्दा थुप्रै रकम खर्च भईसकेको भन्दै पीडित तामाङका बुबा मन्ते तामाङले छोरीलाई बचाउन सहयोगको अपिल गरेका हुन् ।
क्याटेगोरी : समाज
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस