गृहपृष्ठ ∕ समाज ∕ रेडियो सिन्धुको १२ औं बार्षिकोत्सवमा क्यान्सरपीडित रितुलाई सहयोग रेडियो सिन्धुको १२ औं बार्षिकोत्सवमा क्यान्सरपीडित रितुलाई सहयोग Sindhu Khabar चैत्र १, २०७६ गते १४:२८ मा प्रकाशित चौतारा, १ चैत । जिल्लाको पहिलो सामुदायिक रेडियो, रेडियो सिन्धु १०५ मेगाहर्जले ११ वर्ष पुरा गरी १२ बर्षमा प्रवेश गरेको अवसरमा एक क्यान्सरपीडित पुवतीलाई उपचारका लागि आर्थिक सहयोग गरेको छ । बार्षिकोत्सवको अवसरमा कुनै सार्वजनिक कार्यक्रम नगरि रेडियोबाट प्रत्यक्ष प्रशारण गर्दै क्यान्सरपीडित चौतारा साँगाचोकगढी नगरपालिका ८ की रितु तामाङका लागि आर्थिक सहयोग प्रदान गरिएको हो । रेडियो सिन्धुका सञ्चालक समितिका अध्यक्ष एवं रेडियोका स्टेशन म्यानेजरसँगै समितिका कोषाध्यक्ष दिलमाया खड्काले रितुकी बाबु मुन्तेलाई दश हजार एक सय दश रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । आर्थिक अवस्था कमजोर भएकी रितु अहिले पाटन अस्पतालमा उपचाररार्थ छिन् । उपचार गर्दा थुप्रै रकम खर्च भईसकेको भन्दै पीडित तामाङका बुबा मन्ते तामाङले छोरीलाई बचाउन सहयोगको अपिल गरेका छन् । पीडित तामाङको अहिले ललितपूरको पाटन अस्पतालमा उपचार भईरहेको छ । उनलाई बचाउन चौतारा बहुमुखी क्याम्पसका विद्यार्थीहरु, श्री कृष्ण रत्न गंगा माध्यामिक विद्यालयमा २०६४ सालमा एसएलसी दिएका विद्याथीैको समूह, कल्लेरी युवा परिवारले रकम संकलन सुरु गरेको बताएका छन् । बार्षिकोत्सवको अवसरमा समयानुकुल परिवर्तनका लागि पहल गर्दै अघि बढ्ने रेडियोले प्रतिवद्धता सहित विज्ञप्ती जारी गर्दै सा्रेता, विज्ञापन दाता, सुभेच्छुक, शुभचिन्तक एवं सुन्नुहुने सा्रेतालाई धन्यवाद ब्यक्त गरेको छ । स्टेशन प्रमुख रत्न प्रसाख श्रेष्ठले जारी गरेको विज्ञप्तिमा रेडियो सिन्धु सामूदायिक रेडियो भएकोले स्थानीय समूदाय प्रति जिम्मेवार बन्नु पर्छ र सामाजिक उत्तरदायित्व बहन गर्दै आफ्नो कार्यक्रम समुदायको जीवनस्तर उकास्नकैलागि समर्पित हुने गरी कार्यक्रम उत्पादन र प्रसारण गर्नु रेडियोको दायित्व भित्र पर्न आउने उल्लेख गेका छन् । रेडियो सिन्धुले आफूलाई पूर्ण रुपमा सामूदायिक रेडियोको रुपमा विकास गर्ने लक्ष्यका साथ विगत साढे तीन वर्ष देखि समूदायमा आधारित सामूदायिक पत्रकारिताको शुरुवात गरेको छ । यसका लागि प्रत्येक विद्यालयहरुमा विद्यालय स्तरिय सामूदायिक पत्रकार समूह गठन गर्ने प्रकृयाको थालनी भइसकेको छ । यसैगरि गाउँ वस्ति स्तरमा नै गई अनुसन्धानात्मक रेडियो कार्यक्रम उत्पादन एवं सामूदायिक छलफल प्रक्रियाबाट कार्यक्रम उत्पादन र प्रसारणको समेत शुरुवात गरेको छ । आर्थिक एवं घरायसी समस्याका कारण पठनपाठनमा अवरोध भोगेका विद्यार्थीलाई विद्यालयले छनौट गरी सिफारिस भई आएका श्री कृष्ण रत्न गंगा माविमा अध्ययनरत ३ जना छात्र छात्राहरुलाई गत ३ वर्ष देखि छात्रवृत्ती प्रदान गरि आएकोमा उक्त छात्रबृत्तीलाई यस वर्ष पनि निरन्तरता दिइएको छ । आगामी दिनमा नविनतम प्रविधि एवं कार्यक्रमको विकास सहित समूदायको सेवामा समर्पित रहने प्रण पनि रेडियोले गरेको छ । क्याटेगोरी : समाज ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार राष्ट्रपतिले उद्घाटन गरेको जलवायु सम्मेलनको हिसावकिताब माग गर्दै अख्तियारमा उजुरी जिल्ला युवा समितिकाे अध्यक्षमा कुमार नियुक्त दसकअघिदेखिको चौतारा घेर्ने रिङरोड निर्माण अझै अपुरो भब्य भवनमा बाह्रविसे प्रहरी धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ७यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे