गृहपृष्ठ ∕ समाज ∕ दादुरा र रुवेला खोप अभियान हुँदै दादुरा र रुवेला खोप अभियान हुँदै Sindhu Khabar फागुन ३०, २०७६ गते १४:५१ मा प्रकाशित चौतारा, ३० फागुन । सिन्धुपाल्चोकमा ९ महिनादेखि ५ वर्ष मुनिका बालबालिकाका लागि दादुरा तथा रुवेला खोप अभियान दुई चरणमा सञ्चालन हुने भएको छ । पहिलो चरणको खोप अभियान चैत १ देखि १० सम्म र दोस्रो चरणको खोप चैत १५ देखि २५गतेसम्म सञ्चालन हुनेछ । जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गादत्त चापागाईले चैत्र १ देखि २५ गतेसम्म दुई चरणमा सञ्चालन हुने दादुरा रुवेला खोप अभियान जिल्लाको १२ वटै स्थानीय तहमा सञ्चालन गरिने जानकारी दिए । पहिलो चरणको खोप अभियान चैत १ देखि १० गतेसम्म सञ्चालन हुनेछ। स्वास्थ्य कार्यालयको अनुसार चौतारा सांगाचोकगढी नगरपालिका, मेलम्ची नगरपालिका, ईन्द्रावती, हेलम्बु र पांचपोखरी थाङपाल गाउँपालिकामा पहिलो चरणको खोप कार्यक्रम सञ्चालन हुनेछ । त्यस्तै दोस्रो चरणको खोप कार्यक्रम चैत १५ देखि २५ गतेसम्म जिल्लाको बाँकी स्थानीय तहमा सञ्चालन हुने छ । जसमा बलेफी, जुगल, लिसंखुपाखर, सुनकोसी, त्रिपुरासुन्दरी, भोटेकाशी गाउँपालिका र बाह«बिसे नगरपालिका रहेका छन् । स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले पहिलो चरणका लागि खोप तथा कोल्डचेनको आपूर्ति र वितरण स्थानीय तहहरूमा पठाउने काम सकिएको जनाएको छ । त्यसैगरी दोस्रो चरणमा हुने खोप अभियानका लागि भने चैत १० गतेपछि सुरु हुने कार्यालयले जानकारी दिएको छ । स्थानीय जनप्रतिनिधिहरूका साथै फिल्डमा खटिने कर्मचारी, स्वयमसेवक तथा अन्य जनशक्तीको लागि दादुरा तथा रुवेला खोपसम्बन्धी एक दिने अभिमुखिकरण तालिम दिएको छ । शनिबारबाट सञ्चालन हुन लागेको दादुरा तथा रुवेला खोप अभियान सञ्चालनमा जनप्रतिनिधिहरूले खेल्नुपर्ने भूमिकाको साथै खोप अभियानलाई प्रभावकारी बनाउन खोपकेन्द्र, त्यसमा खटाउने जनशक्ति, खोप मात्राको स्थिति लगायतका विषयमा छलफल भएको स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका खोप अधिकृत पारथमणी न्यौपानेले बताए । जिल्लामा ७० प्रतिशत बालबालिकाले मात्र नियमित रुपमा खोप लगाउने गरेको तथ्याङ्क छ । सन् २०१९ सम्मपनि जिल्लामा दादुरा र रुबेलाका विरामि देखिएकाले खोप कार्यक्रममा आफ्रना बालबालिकालाई अनिवार्य लैजान स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ । सबै पालिकाले ९ महिना देखि पाच वर्ष मुनिका बालबालिका भएको घरमा खोप अभियानमा सहभागि हुन निमन्त्रण कार्ड समेत पठाउन थालेका छन् । खोप अभियानमा वडा अध्यक्षको रोहवरमा गठन भएको वडा खोप समन्वय समितिले कोहि बालबालिका नछुटुन भन्दै अभियान संचालन गर्दै छन् । क्याटेगोरी : समाज ट्याग : #banner तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार राष्ट्रपतिले उद्घाटन गरेको जलवायु सम्मेलनको हिसावकिताब माग गर्दै अख्तियारमा उजुरी जिल्ला युवा समितिकाे अध्यक्षमा कुमार नियुक्त दसकअघिदेखिको चौतारा घेर्ने रिङरोड निर्माण अझै अपुरो भब्य भवनमा बाह्रविसे प्रहरी धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ७यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे