जुगल बोर्डिङ स्कुलमा कोरोना परीक्षण

चौतारा, २७ फागुन ।
सिन्धुपाल्चोकको चौतारास्थित जुगल बोर्डिङ स्कुलले आफ्ना विद्यार्थीहरुको स्वास्थ्य परक्षिण गरेको छ । कोभिड(१९ (कोरोना भाईरस) विश्वव्यापी त्रासबाट विद्यार्थीलाई मुक्त गराउन यस्तो परीक्षण गरिएकोे हो ।
स्वास्थ्य परीक्षण अन्तर्गत स्कुलमा रहेका सबै विद्यार्थी, शिक्षक र कर्मचारीको शरिरको तापक्रम परीक्षण गरिएको थियो । तापमान परीक्षणका साथै विद्यार्थीहरुलाई साबुन पानीले हात धुने सुरक्षीत तरिका पनि सिकाईएको विद्यालयले जनाएको छ ।
विश्वमा धेरै मानिसहरु संक्रमित भईरहेको अबस्थामा आफुहरुमा पनि त्रास रहेकोमा स्कुलले स्वास्थ्य परीक्षण गरेकोमा आफूहरु धेरै खुशी भएको भन्दै विद्यार्थीहरुले स्कुललाई धन्यवाद समेत दिए । तापमान परीक्षणमा कुनै पनि विद्यार्थीमा उच्च तापमान देखिएको थिएन । कोरोनाको हल्लासँगै केही विद्यार्थीहरु माक्स लगाएर आउन थालेको र केही विद्यालयमा नै आउन छाडिसकेको अबस्थामा स्कुलले कोरोनाको लक्षणहरु मध्येको एक प्रमुख लक्षण ज्वरोको जाँच गरेको र कसैमा पनि यस्तो लक्षण नदेखिएकाले आफुहर ढुक्क हुन सकेको उनीहरुको भनाइ छ ।
विश्वभर कोरोनाको त्रास फैलिरहदा आफ्ना विद्यार्थीहरुमा पनि यस्तो लक्षण छ कि भनी विद्यालयको आफ्नै पहलमा स्वास्थ परीक्षण गरिएको विद्यालयका प्रिन्सिपल ओमप्रकाश उप्रेतीले बताए । सरकारले विद्यालयमा सङ्क्रमणको विशेष डर हुने भन्दै परीक्षा समेत छिट्टै सक्न निर्देशन गरेअनुसार आफुहरु विद्यार्थीको शैक्षिक अवस्था नविगारी सरकारले तोकेकै समयमा परीक्षा सञ्चालन गर्न लागिपरेका र त्यसको लागि सार्वजनिक विदाको दिन समेत पठनपाठन सुचारु गरि स्वास्थ परीक्षण समेत गरिएको उनले बताए ।
विद्यालयले अबदेखि कक्षा र परीक्षा सञ्चालन हुने प्रत्येक दिन शिक्षक र विद्यार्थीको ज्वरो परिक्षण गरेर मात्र विद्यालयमा प्रवेश गराउने जनाएको छ ।
क्याटेगोरी : समाज
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस