गृहपृष्ठ ∕ समाज ∕ बलेफीमा त्रिपुरासुन्दरी मन्दिरको उद्घाटन बलेफीमा त्रिपुरासुन्दरी मन्दिरको उद्घाटन Sindhu Khabar फागुन २७, २०७६ गते १७:०८ मा प्रकाशित फुल्पिङडाँडा, २७ फागुन । बलेफी गाउँपालिका ५ बिन्जेल गाउँ स्थित त्रिपुरासुन्दरी माई मन्दिर उद्घाटन गरिएको छ । माथिल्लो भोटेकोसी जलविद्युत आयोजनाको सहयोगमा निर्माण गरिएको मन्दिर उद्घाटन गरिएको हो । आयोजनाको सहयोगसँगै बलेफी ४ र ५ नम्बर वडावासी सहयोगमा त्रिपुरासुन्दरी माईको मन्दिर निर्माण भएको हो । बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीले मंगलबार मन्दिरको उद्घाटन गरे । कुल ३ लाख ४२ हजार लागतमा निर्मित मन्दिरका लागि माथिल्लो भोटेकोसी जलविद्युत आयोजनाले १ लाख रकम सहयोग गरेको थियो । मन्दिरका लागि स्थानीय अगुवा र यूवाहरुले पनि आवस्यक सहयोग गरेपछि त्रिपुरासुन्दरी माई मन्दिर निर्माण गर्न सम्भव भएको निर्माण समितिका अध्यक्ष ज्ञानेन्द्र तिमल्सिनाले बताए । मन्दिर निर्माण सम्पन्न भएपनि १ लाख २७ हजार रुपियाँ ऋणमा रहेको तिमल्सिनाले जानकारी दिए । मन्दिरको उद्घाटन गर्दै धार्मिक, ऐतिहासिक महत्वका धरोहर निर्माणका लागि गाउँपालिकाले आवस्यक साथ सहयोग गर्ने गाउँपालिका अध्यक्ष क्षेत्रीको भनाई छ । क्याटेगोरी : समाज ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अँधेरीमा प्रहरीकाे बलजफ्ती पछि झडप, अवरुद्घ सडक खुल्याे बसले ठक्कर दिएर मृत्युु भएपछि अँधेरीमा सडक अवरुद्घ सुकुटेमा बसले मोटरसाइकललाई हान्यो, एकको मृत्यु पत्रकार ध्रुव दंगाल सम्मानित धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६स्वास्थ्य केन्द्रका राई तीन महिनादेखि बेपत्ता ७लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेसमा सोलुखुम्बूका सुमन प्रथम ८यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो