बिहीबार, असोज १८, २०८०
गृहपृष्ठसमाजइन्द्रावतीमा थपियो स्वास्थ्य सेवा

इन्द्रावतीमा थपियो स्वास्थ्य सेवा


नवलपुर, २३ फागुन ।
ईन्द्रावती गाउँपालिका वडा ४ नवलपुरस्थित प्राथमिक अस्पतालमा स्वास्थ्य सेवा थपिएपछि स्थानीयमा हर्ष छाएको छ । शुक्रवार इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले नवलपुर प्राथामिक अस्पतालको ल्याब र सिआर एक्स रे उदघाट्न गरेपछि उपस्थित स्थानियले खुशी मनाए । हिमाली गाउँ सिम्पालकाभ्रे, कुन्चोक,नवलपुर ह“ुदै बा“डेगाउ“,सिपापोखरे,भोटसिपा ,भिमटारसम्म स्वाथ्य सेवालाई सहज बनाउन स्वास्थ्य सेवा थप गरिएको इन्द्रावती गाउ“पालिकाका अध्यक्ष वंशलाल तामाङले बताए । ‘सरकारीले निशुल्क दिइरहेको ५९ प्रकारको औषधी, डेलिभरी ,परिवार नियोजन , खोप ,बहिरंग सेवा , इसिजीभन्दा पृथक सेवा ल्याउने प्रयास गरिरहेका छौ,’उनले भने ।
गाउ“पालिकाले गत साल बजेटबाट नवलपुर प्राथामिक अस्पतालको लागि आवश्यक पूर्वाधारअन्र्तगत मेसिन खरिद गरेर सेवा दिन थालिएको छ । स्वास्थ्य संयोजक परशुराम श्रेष्ठकाअनुसार अध्यक्षकै अगुवाइमा दादुरा ,रुबेला तथा पूणर््ँ खोप सुनिश्चता दिगोपनासम्बन्धी पालिकास्तरिय अभिमुखीकरण गरिएको छ । २८ हजार भन्दा बढी जनंसख्या भएको इन्द्रावतीमा १५ शैयाको अस्पताल धमाधम निर्माण थालिएको उनले जानकारी दिए । इन्द्रावती–१ देखि १२ सम्मका वडामा नेवार,तामाङ, बाहुनक्षेत्री, दलितदेखि माझी,दनुवार समुदायका परिवार बसोबास गर्छन् ।


क्याटेगोरी : समाज
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!