८ सय ९९ लाई व्यवसायिक तालिम

ललितपुर, १६ फागुन ।
व्यवसायिक तालिममा अब्बल मानिएको ललितपुरको चुनिखेलस्थित ओल्गापुरी भोकेशनल स्कुलको दशौ दिक्षान्त समारोहबाट सय विद्यार्थी दिक्षित भएका छन् । वेल्डिङ २२, प्लम्बिङ १८, विल्डिङ इलेक्ट्रिसियन ३६, फर्निचर मेकरमा २४ जना गरी सय जना प्रशिक्षार्थीले ३ महिने सिपमुलक व्यवसायिक तालिम पाएका हुन् । ओल्गापुरी भोकेशनल स्कुलबाट आहिलेसम्म ८ सय ९९ जना प्रशिक्षार्थीले सिपमुलक तालिम पाइसकेको ओल्गापुरी स्कुलका फर्निचर मेकरको प्रमुख प्रशिक्षक बुध्द घलेले बताए । ‘यहाँबाट सिपमुलक शिक्षा पाएका ८० प्रतिशत प्रशिक्षार्थीहरुले सिकेको सप प्रयोग गरेर आफ्नै व्यवसाय सुरु गरिसकेका छन्, सिपबाटै आत्मनिर्भर बनेका छन्,’ उनले भने । व्यवसायिक तालिमबाहेक आधुनिक कृषि, कियर गिभर, पशुचौपाय पालनदेखि अनेक व्यवसायिक बनाउने प्रशिक्षण तालिममा दिइएको उनले सुनाए ।
हालैलाई ३ महिने छोटो अवधीको तालिम दिइएपनि चाँडै एक वर्षे तालिमको लागि पनि सुरु गर्ने ओल्गापुरीले तैयारी गरिरहेको छ । उनकानुसार ओल्गारी सोसल इन्टरप्राइजअन्र्तगतको ओल्गापुरी भोकेशनल स्कुलमा हुने विभिन्न व्यवसायिक तालिम एउटा बृहत कार्यक्रम हो ।
मंगलबार राष्ट्रिय युवा परिषदका कार्यकारीका उपाध्यक्ष माधव ढुंगेल, प्रशासकिय प्रमुख डा बाबुराम ढुंगानादेखि गाउँपालिका महासंघका कार्यकारी निर्देशक विमल पोखरेललगायतले दिक्षितलाई प्रमाणपत्र र बधाई दिए । ओल्गापुरी सोसल इन्टरप्राईजका बोर्ड सदस्य राजु धमलाले ६० जिल्लाका युवालाई तालिम दिइसकेको र गाउ,नगरपालिका, विभिन्न संघसंस्थास“ग समन्वय गरी तालिम दिइसकेको जानकारी दिए । ‘आगामी समयमा ७७ जिल्लालाई समेट्नेछौ, स्थानीय तहलाई केन्द्रित सहकार्यमा गरेर समटेर लैजानेछौ,’उनले भने । ओल्गापुरीले राष्ट्रिय बालधिकार परिषदस“ग मिलेर हालसम्म ५० जनाभन्दा सडक किशोरकिशोरीलाई व्यवसायिक सिपमुलक तालिम दिइएको उनले प्रष्ट्याए ।
ट्याग : #banner
तपाईको प्रतिक्रिया दिनुहोस