गृहपृष्ठ ∕ समाज ∕ इर्खुमा रोपियो फलफूलका विरुवा इर्खुमा रोपियो फलफूलका विरुवा Sindhu Khabar फागुन १४, २०७६ गते १३:३७ मा प्रकाशित ईर्खु, १४ फागुन । चौतारा साँगाचोकगथढी नगरपालिका–८ स्थित इर्खुमा फलफूलका विरुपा रोपिएको छ । सामुदायिक वन तथा निजी जग्गाको बीचमा रहेको खाली जमिन (सिमान्तकृत)मा बृक्षरोपन गरिएको हो । उद्योग, बन पर्यटन तथा वातावरण मन्त्रालय बागमती प्रदेशको सहयोग, डिभिजन वन कार्यालय सिन्धुपाल्चोकको समन्वयमा सामाजिक अभियान नेपालको सहजीकरण तथा रानीपोखरी सामुदायिक बन उपभोक्ता समितिले फलफूलका विरुवा रोपेको हो । जापानी हलुवाबेद, नास्पाति, आरु, आलुबखडा, एभोकाडोलगायतका फलफूलका विरुवा लगाइएको सामाजिक अभियान नेपालकी अध्यक्ष सीता थापाले जानकारी दिइन् । (आज) बुधबार पहिलो चरणमा विरुवा रोपिएको हो । डेढ हेक्टर खाली जमिनमा एक हजार भन्दा बढी विरुवा रोपिनेछन् । संरक्षणको सबै दायित्व बन उपभोक्ता समितिले लिनेछ । फलफूल बगैंचाको अनुगमनको पाटो आफूहरुले लिने सब डिभिजन वन कार्यालय प्रमुख हेमचन्द्र महतोले बताए । क्याटेगोरी : समाज ट्याग : #banner तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पत्रकार ध्रुव दंगाल सम्मानित मानव बेचविखन रोक्न सबै जुट्नु आवश्यक नक्कली नोट छाप्ने मेसिनसहित फटकसिलाका राजाराम पक्राउ पहिचान खोज्न ऐतिहासिक भ्रमणमा घले समाज धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६स्वास्थ्य केन्द्रका राई तीन महिनादेखि बेपत्ता ७लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेसमा सोलुखुम्बूका सुमन प्रथम ८यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो