बुधबार, असोज १७, २०८०
गृहपृष्ठसमाजएक साताभित्र लामोसाँघु–जिरी सडक सहज हुने

एक साताभित्र लामोसाँघु–जिरी सडक सहज हुने


खाडीचौर, १२ फागुन ।
लामोसाँघु–जिरी सडक एक साता भित्र सहज हुने भएको छ । निर्माण व्यवसायीहरुले १० दिन सडक साना तथा हलुवा सवारी साधन समेत चल्ने गरी सडक बनाउन ३ दिन अघि लिखित प्रतिबद्धता गरे अनुसार खाल्डाखुल्डी पुर्ने कार्य समेत सुरु गरेका छन् । सडक सहज नबनाए कारबाही भोग्न समेत तयार हुने गरी प्रदेश सरकारका मन्त्रीहरुका सामु प्रतिबद्धता गरेका हुन् ।लामोसाँघु–जिरी सडक एक साता भित्र सहज हुने भएको छ ।
निर्माण व्यवसायीहरुले १० दिन सडक साना तथा हलुवा सवारी साधन समेत चल्ने गरी सडक बनाउन ३ दिन अघि लिखित प्रतिबद्धता गरे अनुसार खाल्डाखुल्डी पुर्ने कार्य समेत सुरु गरेका छन् । सडक सहज नबनाए कारबाही भोग्न समेत तयार हुने गरी प्रदेश सरकारका मन्त्रीहरुका सामु प्रतिबद्धता गरेका हुन् ।३ दिन अघि चरिकोटमा ३ नं. प्रदेशका ३ जना मन्त्री सहितको उपस्थितिमा भएको छलफलपछि १० दिनभित्र सडकलाई सहज बनाउँन आयोजना कार्यालय र निर्माण व्यवसायीले प्रतिबद्धता जनाएका हुन् । जिल्ला समन्वय समिति दोलखाले आयोजना गरेको छलफलमा ३ नं. प्रदेश का अर्थ मन्त्री कैलाश ढुंगुल, भौतिक पूर्वाधार मन्त्री केशव स्थापित, उद्योग पर्यटन मन्त्री अरुण नेपालको उपस्थिति थियो ।
३ बुँदे प्रतिबद्धता पत्रमा १० दिन भित्र सडक सहज रुपमा सञ्चालनयोग्य बनाउँने अन्यथा कानुन बमोजिम कारबाही भोग्न बाध्य हुने व्यवसायीहरुले प्रतिबद्धता गरेका छन् ।छलफलमा दोलखाबाट निर्वा्चिन संघीय संसदका सांसद पार्वत गुरुङ, पूर्व मन्त्री आनन्द पोखरेल, देवी खड्का, प्रदेश सभा सांसदहरु पशुपति चौलागाई, विशाल खड्का सहित नगरपाकिलका मेयर गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षहरु, लामोसाँघु–जिरी सडक विस्तार आयोजना प्रमुख केदार नेपालको सहभागिता थिए । बैठकमा निर्माणमा ढिलासुस्तीले सडकमा गाडी चल्न नसकेको भन्दै आक्रोस पोखे ।


क्याटेगोरी : समाज
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!