करेन्ट लागेर एकको मृत्यु

तातोपानी, ११ फागुन ।
भोटेकोशी गा.पा. ४ सिरिसेमा करेन्ट लागेर एक जनाको मृत्य भएको छ । सिनो हाईड्रोपावर कम्पनिको अफिसमा प्रयोग गर्न लगिएको ईन्टरनेटको तार तान्न गाडेको फलामको पाईपको पोल ढल्न गई बिद्युतको मेन लाईनले छुदा पैदल यात्री बर्ष २२ का शार्की शेर्पाको मृत्यु भएको हो ।
शेर्पाको घटनास्थलमानै मृत्यु भएको र बाह्रबिसे न.पा.१ बस्ने पप्पु गुरङ खुट्टामा चोट लागी घाईते भएका छन् । घाईतेको बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भई रहेका र अवस्था सामान्य रहेको प्रहरी भनाई छ । उक्त स्थानमा प्रहरी अधिकृत समेतको टोली खटी थप अनुसन्धान सुरु गरेको छ ।
क्याटेगोरी : समाज
ट्याग : #banner
तपाईको प्रतिक्रिया दिनुहोस