गृहपृष्ठ ∕ समाज ∕ चोरी बढेपछि प्रहरीको गस्ती अभियान चोरी बढेपछि प्रहरीको गस्ती अभियान Sindhu Khabar फागुन ६, २०७६ गते १२:५९ मा प्रकाशित सम्झना कार्की चौतारा, ६ माघ । दिनानुदिन चोरीका घटना बढ्दै गएपछि जिल्ला प्रहरी कार्यालयले गाउँ बस्तीमा गस्ती गर्न थालेको छ । बलेफी गाउँपालिका र आसपासमा चोरीका घटना बढिरहेपछि जिल्ला प्रहरी कार्यालयले यस क्षेत्रमा प्रहरी निरीक्षककै कमाण्डमा थप प्रहरी परिचालन गरेको हो । इलाका प्रहरी कार्यालयको जनशक्तिले नधान्ने भएपछि बलेफी र आसपासलाई केन्द्रित गरि जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक रामचन्द्र घिमिरेको नेतृत्वमा प्रहरी गस्ती बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए । डीएसपी काफ्लेका अनुसार शुक्रबारदेखि बलेफी र आसपासमा चौविसै घण्टा प्रहरी गस्ती परिचालन गरिएको छ । स्थानीय सरकारसँगको समन्वय र स्थानीय जनताको सहयोगमा चोरी गर्ने गिरोहलाई नियन्त्रणमा लिईने काफ्लेले बताए । ‘शान्ति सुरक्षाका लागि चौविसै घण्टा प्रहरीले गस्ती गर्नेछ, स्थानीय तहसँग समन्वय गर्दै गाउँगाउँमा प्रहरी परिचालन गर्दैछौं’, डीएसपी काफ्लेले भने । प्रहरी निरीक्षक घिमिरे र इप्रका बाह्रविसेका प्रहरी निरीक्षक नवराज न्यौपानेको कमाण्डमा १ नम्बर क्षेत्रका गाउँ गाउँमा प्रहरीले गस्ती गर्ने गरिएको प्रहरीले जनाएको छ । केही दिनदेखि चोरीका घटना बढिरहेको बलेफी, सुनकोसी, लिसंखुपाखर, त्रिपुरासुन्दरीमा प्रहरीले ध्यानकेन्द्रित गर्दै ‘एक्सन’ मा उत्रिएकोे हो । जिल्लाको बलेफी गाउँपालिका र आसपासमा हररात चोरीको घटना हुन थालेपछि बिहिबार प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालसहित जिल्लाको सुरक्षा कमाण्ड नै बलेफी गाउँपालिकामा पुगेको थियो । बढ्दो चोरीका घटनाबारे स्थानीय जनप्रतिनीधिले प्रजिअ ढकाल र सुरक्षा प्रमुखहरुलाई बिफ्रिङ गरेका थिए । चोरीका घटना बढिरहेपनि त्यो भन्दा बढि हल्ला भइरहेको प्रहरीको बुझाई छ । मापसेका कारण पनि यस्ता गतिविधि बढिरहेको भन्दै साँझ ६ बजेदेखि मापसे सेवन नगर्न र मापसे गरि होहल्ला गर्ने ब्यक्ति भेटे खबर गर्न प्रहरीले जनसाधारणमा आग्रह गरेको छ । गाउँ गाउँमा पुगेर चोरीमा संलग्न ब्यक्तिहरु लुकिबस्ने संभावित स्थानमा चेकजाँच गरिने प्रहरीले जनाएको छ । क्याटेगोरी : समाज ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अँधेरीमा प्रहरीकाे बलजफ्ती पछि झडप, अवरुद्घ सडक खुल्याे बसले ठक्कर दिएर मृत्युु भएपछि अँधेरीमा सडक अवरुद्घ सुकुटेमा बसले मोटरसाइकललाई हान्यो, एकको मृत्यु पत्रकार ध्रुव दंगाल सम्मानित धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५स्वास्थ्य केन्द्रका राई तीन महिनादेखि बेपत्ता ६काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ७सुकुटेमा बसले मोटरसाइकललाई हान्यो, एकको मृत्यु ८लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेसमा सोलुखुम्बूका सुमन प्रथम