शनिबार, असोज ६, २०८०
गृहपृष्ठसमाजदुई सय ६० जनाको निःशुल्क परीक्षण र उपचार

दुई सय ६० जनाको निःशुल्क परीक्षण र उपचार


चित्र मिजार
बाह्रबिसे, १३ माघ ।
बाह्रबिसेमा भएको निःशुल्क स्वास्थ शिविरमा २ सय ६७ जनाले उपचार पाएका छन् । माघ ११ गते भएको स्वास्थ शिविरमा बाह्बिसे नगरपालिकाका ९ वटै वडाका नागरिक र छिमेकी गाउँपालिकाका स्थानीयले परिक्षण र उपचार पाएका छन् । “सेवा नै धर्म हो, स्वास्थ्य नै मूल धन हो” भन्ने मूल आशयका साथ श्री तपाई हाम्रो नमूना साना किसान कृषि सहकारी संस्था लिमिटेडको आयोजनामा निःशुल्क स्वास्थ शिविर भएको हो ।
सो स्वास्थ शिविरमा गाउँ गाउँबाट सर्वसाधारण, सहकारीका सदस्य र नागरिकहरु सेवा लिन आएको सहकारीका अध्यक्ष शेर बहादुर रायमाझीले जानकारी दिए । उनका अनुसार १ सय ४० जना सुगर रोगी, ९५ जना दम रोगी, ७४ जना पे्रसर रोगी र अन्य १८५ जनाको परिक्षण गरिएको छ । उनीहरुलाई निःशुल्क औषधी बितरण पनि गरिएको थियो । सामान्य रोगको परिक्षण गर्न पनि राजधानी तथा अन्यत्र धाउन पर्ने समस्या हल गर्न सर्वसाधारण र नागरिकलाई घरदैलोमा नै सेवा दिन स्वास्थ शिविर गरिएको अध्यक्ष रायमाझीले बताए । उक्त सहकारीले बिगत बर्ष देखि नै स्वास्थ शिविर गदै आईरहेको छ ।
बाह्बिसे नगरपालिका ३ का ९४ बर्षीय गुमानध्वज बस्नेतले शिविरमा स्वास्थ उपचार गर्न पाएकोमा औधी खुशी ब्यक्त गरे । सामान्य उपचारका लागि पनि काठमाडौं गएर महंगो शुल्क तिरेर उपचार गर्नु पर्दथ्यो तर सहकारीले घरदैलोमा नै शिविर ल्याईदिएर ठूलो पून्यको काम गरेको बृद्ध गुमानध्वजले हर्ष ब्यक्त गरे । त्यस्तै बाह्बिसे नगरपालिका ९ राम्चेका ७९ बर्षीय बृद्ध कर्ण बहादुर थापाले सहकारीले स्वास्थ शिविर राखेर कृषक र गाउँगाउँका सर्वसाधारणलाई ठूलो राहात मिलेको बताए ।
शिविरमा शिक्षण अस्पतालका नशा बिशेषज्ञ केनीशन श्रेष्ठ नेतृत्वका लगायतको स्वास्थकर्मीले उपचार गरेका थिए । नाक, कान, घाँटी, दम, नसा, सुगर र प्रेसर लगायतको सामान्य रोगको परिक्षण र उपचार गरिएको थियो । सो सहकारीका व्यवस्थापक बिनिता भुजेलले स्वास्थ शिविरमा बाह्बिसेमा रहेको सेतीदेवी मेडिकल हलले शिविरमा आवश्यक सम्पूर्ण औषधी उपलब्ध गराएको थियो । सो सहकारीको आयोजनामा शिविरमा भोटेकोशी पावर कम्पनी लिमिटेड, द लास्ट रिसोर्ट, सेतीदेवी मेडिकल हल र प्राइम लाइफ इन्सोरेन्स प्रायोजकको रुपमा रहेका थिए ।


क्याटेगोरी : समाज
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!